Comments Add Comment

रेड हट परमिता


नायिका परमिता अार एल राणाको नाम चलचित्र क्षेत्रमा आएसँगै नायक आयुष्मान देशराज जोशीसँग जोडिएको थियो । परमितालाई नायिका भन्दा पनि आयुष्मानकी प्रेमिका भनेर धेरैले चिन्थे ।

तर, आयुष्मानसँग ब्रेकअपपछि भने परमिता चलचित्रमा व्यस्त बन्दै गएकी छिन् । उनले, चलचित्र ‘दि कर्मा, चङ्गाचेट’को छायांकन सकेकी छिन् भने अब नयाँ चलचित्र ‘रोजी’मा काम गर्दैछिन् ।

यो चलचित्रमा नायक प्रदिप खड्काको जोडीको रुपमा देखिन पाउँदा आफू निकै उत्साहित भएको उनले बताइन् । यो चलचित्रमा प्रदिपले आफ्नी प्रेमिका रोजीलाई हत्या गरेको कथालाई मुख्य बिषय बनाइएको छ ।

परमिता वास्तविक जीवनमा भने आफूलाई प्रेमिले चर्को स्वरले समेत नबोलेको बताउँछिन् ।  रेड हट पहिरनमा उपस्थित भएकी परमिता चलचित्रमा उदाउँदै गरेको आफ्नो करिअर देखेर दंग थिइन् ।

तस्बिरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment