Comments Add Comment

महिन्द्राको नयाँ ‘स्कोर्पियो’ नेपाली बजारमा

३ जेठ, काठमाडौं । महिन्द्रा ग्रुपले स्कोर्पियो गाडिलाई अझ धेरै नयाँ सुविधाएवं विशेषताले सुसज्जित गरी प्रस्तुत गरेको छ । यससँगै उच्च टर्ग पावर, नयाँ ५स्पीड ट्रान्समिसन, उच्चकार्य क्षमता, आकर्षक स्टाइलिङ्ग तथा आरामदायी यात्राको लागिउच्च सुविधायुक्त रहेको छ ।

महिन्द्राका यस्ता सुविधाहरुले नेपालका कुनै पनि सडकहरुमा आरामयादी यात्राको अनुभव प्रदान गर्नेछ । नयाँ सुविधाहरु भएको स्कोर्पियो गाडी ४ वटा विभिन्न मोडेलहरुमा उपलब्ध रहेको छ । उपलब्ध रहेका मोडेलहरु एस ४, एस५ (४डब्लुडी), एस ७, एस११ (४डब्लुडी) रहेका छन् ।

“नयाँ स्कोर्पियोले नेपालमा नयाँ मानकका रुपमा स्थापित भई गौरबका साथ नम्बर १ स्थानमा रहने छ । यसमा विद्यमान उच्च क्षमता, साहासिक एवं रोमान्चलाई समेट्दै नयाँ विशेषता एवं सुविधायुक्त स्कोर्पियोको आन्तरिक क्षमतालाई अझ बढाएका छौं । मलाई पूर्ण रुपमा विश्वास छ कि ग्राहकहरुले यो नयाँ स्कोर्पियोलाई आफ्नो रोमाञ्चक एवं साहसिक यात्रामा साथ दिनुहुने छ,” महिन्द्रा एण्ड महिन्द्राका इन्टरनेशनल अपरेशन (साउथएशिया) का भाइस पे्रसिडेन्ट सन्जय जादवले भने ।

अग्नि ग्रुपकाम्यानेजिङ्ग डाइरेक्टर क्याबिनेट श्रेष्ठले भने “नेपाली सडकमा महिन्द्राका यो स्पोर्ट युटिलिटी भइकल एउटा प्रतिकका रुपमा रहनेछ । विगत १५ वर्षदेखि निरन्तर यसले यो सेगमेन्टमा आफ्नो प्रभुत्व जमाइरहेको छ ।

हालै यसमा भएको नयाँपनले, लक्जरीयस कम्फोटको साथसम्पूर्ण रोड तथाअफ रोडहरुमा हामीले वेग्लै पहिचान स्थापित गर्ने छौं । नेपालको अर्थ तन्त्रपर्यटन उद्योगद्वारा सञ्चालित छ र पर्यटन उद्योगमा हाम्रो यो गाडीले वर्षैदेखि निरन्तर साथ दिँदै आएका छन् । यस गाडीले नयाँ अनुभवको साथ छुटै अविस्मरणीय पहिचान दिने विश्वास हामीले लिएका छौं ।”

एमएचएडब्लुके इन्जिनको साथले १२० बीपीएच तथा २८० एनएम टर्ग पावर प्रदान गर्दछ भने इनहान्स्ड लो इन्ड टर्कले शहरी यात्रा र मिड रेन्ज्ज टर्क ले हाईवेमा सुखद यात्राको अनुभव प्रदान गर्दछ ।

छैटौ पुस्ताको ब्रग वार्नर टर्बोचार्जमेक्स द ड्राइभ पेपी एण्ड रेस्पोन्सिभ थ्रोले ५ स्पीड ट्रान्समिसन हाइवेमा कम कम इन्धन खपत गर्नर् मद्दत गर्ने छ ।

क्याविन लगायतभित्र डिजाइन, आदिले उच्चस्तरीय अनुभव प्रदान गर्दछन् । ९.१ बोस्क एबीएसको साथ यसमा प्रयोग भएको अत्याधुनिक ब्रेकिङ सिस्टमले उच्च गतिमा ब्रेक लगाउँदा पनि खासै त्यस्तो असजिलो अनुभव हुन दिँदैन ।

नयाँ स्कोर्पियोमा पार्किङ्गको लागि रिभर्स ब्रेकिङ्क क्यामरा, नयाँ १ टच लेन चेन्ज इन्डिकेटर तथा अटो विन्डो रेलअप जस्ता सुविधाहरु विद्यमान छन् ।

यसकाअतिरिक्तअन्यथुप्रै नयाँ नयाँ विशेषता एवं सुविधाहरु पनि यसमा रहेका छन् । स्टाटिक बेन्डिङ टेक्नोलोजी प्रोजेक्टर हेडल्याम्प, जीपीएससहित ६ इन्चको टच स्त्रिmन, अटो टेम्प्रेचर कन्ट्रोल लगायतका सुविधा पनि छन् ।

यसमा भएको डुअल फ्रन्ट एयरब्याग, एन्टी लक ब्रेकिङ सिस्टम, कोल्याप्सेबल स्टेयरिङ इन्टर्सन बिम, प्यानिक ब्रेक इन्डिकेशन, इन्जिन इकोब्लिजर लगायतका विशेषताहरुले अझ धेरै सुरक्षा प्रदान गर्छ । आफ्नो आवश्यकताअनुसार ७, ८ तथा ९ सिट क्षमतायुक्त गाडी खरिद गर्ने विकल्प पनि यसमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment