Comments Add Comment

जहाँ बलात्कारबाट जोगाउन किशोरीहरुको वक्षस्थल तातो ढुंगाले डामिन्छ

दुनियाँमा कैयन् अनौठा प्रथाहरु छन् । कतिपय प्रथाहरु निकै अन्धविश्वासी तथा दर्दनाक पनि रहेका छन् । तर सदियौँदेखि यस्ता दर्दनाक प्रथाको पालना पनि हुने गरेको छ भन्ने झनै दुःख लाग्छ ।

एउटा यस्तै प्रथा अफ्रिकामा रहेको छ, जसको बारेमा सुन्दैमा जिउ काँप्छ । दक्षिण अफ्रिका, क्यामरुन र नाइजेरियामा यो प्रथा रहेको छ ।

साथै बेलायतमा बस्ने अफ्रिकी समुदायका कतिपय किशोरी तथा युवतीहरुलाई पनि यो प्रथामा बाध्य गराइने गरिएको बताइन्छ ।

यो अनौठो तथा दर्दनाक प्रथाको नाम ब्रेस्ट आइरनिङ अर्थात् वक्षस्थलको इस्त्री हो ।

नामैले बताएजस्तै यो प्रथामा यो प्रथामा चेलीहरुको छातिमा आइरन लगाइन्छ ।

यस प्रथा अन्तर्गत किशोरावस्थामा प्रवेश गरेका छोरीचेलीका वक्षस्थलमा तताइएको काठ, हथौडा वा डुंगाले डामिन्छ । किशोरावस्थाको सुरुवातमै चेलीहरुले यो दर्दनाक प्रथा भोग्नुपर्दछ ।

किशोरीहरुको वक्षस्थल डाम्नुको खास कारण चाहिँ किशोरीहरुका वक्षस्थल ठूला नहोउन् भनेर हो ।

किशोरीहरुका वक्षस्थल ठूला भएमा केटाहरुको कुदृष्टि पर्ने र बलात्कार तथा यौनहिंसामा पर्ने हुनाले बलात्कारबाट किशोरीहरुलाई जोगाउन यस्तो प्रथाको सुरुवात भएको बताइन्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment