Comments Add Comment

एप्पलको नयाँ आइफोन १ घण्टाभित्रै फुलचार्ज हुने


एप्पलले यो वर्ष सन् २०१८ मा सार्वजनिक गर्ने आइफोनका लागि तयारी गरिरहेको छ । र, यहीँ तयारीका बीच एउटा नयाँ खबर सार्वजनिक भएको छ । समाचार अनुसार एप्पलले नयाँ आइफोन सँगै नयाँ खाले चार्जर पनि ल्याउनेछ जसले आइफोनलाई तिव्र गतिमा चार्ज गर्नेछ । साथै यो चार्जरले म्याकबुकलाई पनि चार्ज गर्नेछ ।

यतिमात्र होइन यो चार्जिङ केवलले तिव्र गतिमा डाटा ट्रान्सफर समेत गर्न सक्नेछ ।

चार्जर ल्याब नामक वेबसाइटको रिपोर्ट अनुसार आगामी आइफोनसँगै १८–वाट युएसबी टाइप सी लाइटनिङ फास्ट चार्जर उपलब्ध हुनेछ ।

रिपोर्ट अनुसार १८ वाट फास्ट चार्जिङ एडाप्टरबाट हालको चार्जरको तुलनामा दोब्बर छिटो आइफोन चार्ज हुनेछ । हालको चार्जरको अडाप्टर ५ वाटको हुने गरेको छ ।

आइफोन एट, एट प्लस तथा आइफोन एक्सले फुल चार्ज हुनका लागि ९० देखि १२० मिनेटसम्मको समय लिने गरेका छन् ।

यो नयाँ चार्जरको प्रयोगले एक घण्टाभित्रमै आइफोन फुल चार्ज हुने बताइएको छ । साथै उक्त चार्जरको केवललाई आइफोन र म्याकबुकको बीचमा जोडेर तिव्र गतिमा डाटा ट्रान्सफर गर्न पनि प्रयोग गर्न सकिनेछ ।

यद्यपि एप्पलको आइफोन एक्स, आइफोन एट तथा एट प्लसमा फास्ट चार्जिंग फिचर रहेको छ । तर एप्पलको विद्यमान चार्जर नै आइफोनलाई छिटो चार्ज गर्नसक्ने क्षमताको छैन । सोही कारण एप्पलले यो वर्ष आगामी आइफोनसँगै तिव्र गतिको चार्जर पनि ल्याउनेछ ।

समाचार अनुसार एप्पलले यो वर्ष सन् २०१८ मा तिनवटा आइफोन सार्वजनिक गर्नेछ । जसमध्ये एउटा ६.१ इन्च स्क्रिन तथा थ्री डी टच फिचर समेत भएको हुनेछ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment