Comments Add Comment

कांग्रेस सांसदले भने-कम्युनिस्ट पार्टीका नेताका अभिव्यक्तिमा दम्भ देखियो

'कांग्रेस पपुलर भोटमा अहिले पनि पहिलो हो, संख्याले मात्र प्रतिपक्ष'


४ जेठ, काठमाडौं । दुई ठूला सत्तारुढ कम्युनिस्ट पार्टी तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर बनेको नेपाल कम्युनिस्ट पार्टीलाई विपक्षी दलका सांसदहरुले पनि बधाइ दिएका छन् ।

प्रतिनिधिसभाको सोमवारको बैठकमा सांसदहरुले बलियो कम्युनिस्ट पार्टी बनेकोमा सफलताको शुभकामना दिए ।

प्रमुख विपक्षी नेपाली कांग्रेसका सांसदले भने एकीकरणसँगै दम्भ देखाइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । बर्दियामा बामदेव गौतमलाई पराजित गर्ने कांग्रेस सांसद सञ्जय गौतमले कम्युनिस्ट पार्टीका नेताको अभिव्यक्तिमा दम्भ देखिन थालेको बताए ।

उनले समृद्ध नेपाल र सुखी नेपाली बनाउने अभियानमा कांग्रेसको पनि साथ रहेको भन्दै आफूहरु सकारात्मक प्रतिपक्षको रुपमा सशक्त भूमिका निर्वाह गर्न तयार रहेको बताए । उनले जिम्मेवार नेताले अभिव्यक्ति दिदा ख्याल गर्नुपर्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीप्रति सांकेतिक असन्तुष्टि व्यक्त गरे ।

गौतमले भने ‘कांग्रेसलाई आफ्नो गन्तव्य र इतिहास थाहा छ । हामीले बिगतमा निर्वाह गरेको भूमिका पनि थाहा छ । अहिले पनि पपुलर भोटमा कांग्रेस ठूलो पार्टी हो,संख्यात्मक रुपमा मात्र हामी प्रतिपक्षमा पुगेका हौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment