Comments Add Comment

८८ किलो सुनकाण्ड : दुई अभियुक्तलाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

४ जेठ, काठमाडौं । सर्वोच्च अदालतले ८८ किलो सुनकाण्डमा पक्राउ परेका दुई अभियुक्तलाई धरौटीमा छोड्न आदेश दिएको छ ।

जिल्ला र तत्कालीन पुनरावेदन अदालतको आदेश उल्टाउँदै सर्वोच्चका न्यायाधीशद्वय केदारप्रसाद चालिसे र बमकुमार श्रेष्ठको इजलासले नन्दकुमार पाण्डुरंग मगरले र उल्लास दिनकर सालुङ्खेलाई जनही ५ लाख धरौटीमा छाड्न भनेको हो ।

दुबैले सुन तस्करीमा आफ्नो संलग्नता अस्वीकार गरेका थिए ।

दुबैले प्रतिवादी गणेशदत्त वडूसँग पटक पटक फोन सम्पर्क भएको देखिए पनि सुन तस्करीमा प्रत्यक्ष संलग्न नदेखिएको र सुन कारोबार गरेको अभियोग लागेका दत्त र सत्यनारायण अग्रवाल धरौटीमा छुटेकाले उनीहरुलाई पनि धरौटीमा छाड्न भनेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment