Comments Add Comment

आईपीएलमा सन्दीपः सुरुवाती खेलमै अवसरका लागि योग्य थिए

५ जेठ, काठमाडौं । सन्दीप लामिछानेले सावित गरेका छन् कि उनी सुरुवाति खेलहरुमा नै अवसर पाउन योग्य थिए ।

दिल्ली डेयरडेभिल्सले चेन्नाई सुपर किङ्गसमाथि ३४ रनको जित हात पार्दा सन्दीपले सुरेश रैना र महेन्द्र सिंह धोनीको साझेदारी तोडेका हुन् । उनले रैनाको विकेट लिए ।

डेब्यू खेलमा एक विकेट लिएर २५ रन दिएका उनले दोस्रो खेलमा अझ निखारिएको प्रदर्शन गरे ।

१४ औं ओभरको पहिलो बलमा उनले रैनाको विकेट लिए । रैनाले सन्दीपको फुललेन्थ गुगलीलाई सही जज गर्न सकेनन् र स्वायर लेगमा क्याच हुन पुगे ।

चार ओभर वलिङ गरेका उनले २१ रन दिए । र, दिल्लीको जितमा रैनाको विकेट महत्वपूर्ण रहृयो ।

हेर्नुहोस् भिडियो

१७ वर्षे सन्दीपको प्रदर्शन डेब्यू खेलमा पनि प्रभावशाली थियो । उनले रोयल च्यालेन्जर्स बैंग्लोरका विराट कोहली र एबी डिभिलियर्सविरुद्ध बलिङ गर्ने मौका पाएका थिए । यद्यपि त्यो खेलमा उनको टिमले हारेको थियो ।

आईपीएलमा अब दिल्लीको एक खेल बाँकी छ । खेल आइतबार हुने छ ।

सन्दीपले सुरुवाति ११ खेलमा मौका पाएका थिएनन् । जब दिल्ली समूह चरणबाटै बाहिरिने निश्चित भयो, त्यसपछि मात्र सन्दीपलाई मौका दिइएको थियो ।

तर, लगातार दुई ठूला टिमविरुद्धको प्रदर्शनले उनी यसअघि नै मौका पाउन योग्य थिए भन्ने देखाएको छ ।

अब दिल्लीको अन्तिम खेल मुम्बर्इ विरुद्ध छ ।

र, सन्दीपको प्रदर्शन यस्तै रहे टिमको प्रदर्शन जस्तो रहे पनि उनका लागि यो आईपीएल अविश्मरणीय हुनेछ । किनकी उनले क्रिकेटका हस्तीहरुविरुद्ध बलिङ गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment