Comments Add Comment

४५ प्रतिशतले घट्यो सेयर कारोबार


५ जेठ, काठमाडौं । सेयरबजारमा यो साता कारोबार ४५ प्रतिशतले घटेको छ । गत साता सेयर बजारमा दुई अर्ब १९ लाख ९९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा यो साता एक अर्ब आठ करोड १९ लाख ४१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

यो साता नेपाल स्टक एक्सचेन्जमा १७६ कम्पनीहरुको कारोबार भएको छ । गत साता भने साता १ सय ८१ कम्पनीहरुको कारोबार भएको थियो । त्यसैगरी गत साता ४८ लाख १२ हजार सात सय ७० कित्ता सेयरहरु खरिद बिक्री भएकोमा यो साता २३ लाख २९ हजार चार सय ४० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १.४८ अंकले बढेर अन्तिम दिन १ हजार ३ सय ३९.६५ अंक कायम भएको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि पहिलो दिनको तुलनामा ०.१२ अंकले ब्ाढेर २ सय ८२.३० अंकमा आईपुगेको छ ।

यस साता कारोबार रकम र कारोबार सेयर संख्याको आधारमा सिद्धार्थ बैंक लिमिटेड अग्रस्थानमा देखिएको थियो ।

यस साता सूचिकरण तर्फ निम्न कम्पनीको शेयर सूचीकृत भएको छ ।

सि.नं कम्पनीको नाम सूचीकृत धितोपत्रको किसिम सूचीकृत धितोपत्र संख्या
डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड बोनस ९६९७९३.६६ कित्ता
प्रभु बैंक लिमिटेड हकप्रद २११९९३२१कित्ता
नेसनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड बोनस २०३५६० कित्ता
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड बोनस २७५७२३१ कित्ता
सिर्जना फाइनान्स लिमिटेड बोनस ९८२८००कित्ता
समता माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड बोनस ६३२०० कित्ता
मितेरी डेभलपमेन्ट बैंक लिमिटेड बोनस ११९७०६९.४४ कित्ता
पोखरा फाइनान्स कम्पनी लिमिटेड हकप्रद ९८३६८२.७४ कित्ता
पि्रमियर इन्स्योरेन्स कम्पनी -नेपाल) लिमिटेड बोनस ६९५३९७ कित्ता

( स्रोतः नेप्से )

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment