Comments Add Comment

जापानमा किन हुन्छ निलो ट्राफिक लाइट ?


ट्राफिक लाइट भन्ने बित्तिकै रातो, हरियो र पहेँलो गरी तिनवटा बत्ती बुझिन्छ । हामीले देख्दै आएको पनि यहीँ हो हाम्रो देशमा । तर एउटा यस्तो देश छ, जहाँ ट्राफिक लाइटमा निलो रङ समेत हुन्छ ।

हो, जापानमा निलो रङको ट्राफिक लाइट हुन्छ । ट्राफिक लाइटमा प्रयोग गरिने निलो बत्तीलाई जापानमा एओ भनिन्छ ।

जापानमा प्राचीन कालमा केवल सेतो, कालो, निलो र रातो शव्दको मात्र प्रयोग हुन्थ्यो । यस्तोमा निलो र हरियो दुबै रङका लागि एओ शव्द प्रयोग गरिन्थ्यो । पछि चाहीँ हरियो रङका लागि मिडोरी शव्दको विकास भयो । यद्यपि जनजिब्रोमा अहिलेपनि हरियो रङका लागि एओ शव्द नै प्रचलनमा छ । दुनियामै नभएको ट्राफिक लाइट जापानमा हुनु यिनै दुई शव्दको हेरफेरको परिणाम हो ।

जापानमा सन् १९३० देखि नै सडकमा ट्राफिक लाइट राख्न सुरु गरिएको थियो । ट्राफिक लाइटको सुरुवातबाटै हरियो रङ गाडी गुड्नका लागि संकेतको रुपमा प्रयोग गरिएको थियो ।

ट्राफिक लाइटको रङ हरियो भएपनि त्यसलाई निलो अर्थात् एओ नामाकरण गरिएको थियो लिखित दस्तावेजमा। ट्राफिक बत्तीको गलत नामाकरणकै कारण जापानले सन् १९६८ मा भएको भियना कन्भेन्सन अन रोड साइन एण्ड सिग्नल नामक सन्धीमा हस्ताक्षर गरेको थिएन । अहिले पनि सरकारी दस्तावेजहरुमा निलो ट्राफिक लाईटलाई मिडोरी होइन एओ नै लेखिएको छ ।

ट्राफिक लाइटको रङ हरियो तर नाम निलो भएर समस्या उत्पन्न भएपछि जापानले समस्याकेा समाधानका लागि नाम नफेर्ने बरु हरियो ट्राफिक लाइटलाई नै बदल्ने निधो गर्यो । र, अन्तराष्ट्रिय कानूनको सकेसम्म पालना गर्ने प्रयत्न गर्यो ।

सन् १९७३ मा सरकारले तत्कालिन अवस्थामा रहेको प्रचलित हरियो रङको ट्राफिक बत्तीको रङ परिवर्तन गरी हरियो मिसिएको जस्तो गाढा निलो बनाउने निर्णय गर्यो ।

त्यसैले अहिलेपनि जापानका ट्राफिक बत्तीमा हरियोको साटो निलो रङ रहेको छ । –एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment