Comments Add Comment

युट्युबमा नयाँ फिचर, अब विश्राम गर्न सम्झाउने

आफ्ना प्रयोगकर्ताकालाई प्रविधि र जिन्दगीबीच तालमेल कायम गर्न सहयोग गर्नका लागि गुगलले लगातार नयाँ फिचर्स ल्याइरहेको छ । अब पालो छ, युट्युबको ।

हालै सम्पन्न गुगलको डेभलपर मेला Google I/O  मा गुगलले एक सुस्वास्थ्य अभियानको घोषणा गरेको थिए । जसका माध्यमबाट प्रयोगकर्ताले उनीहरुको डिजिटल आनीबानी तथा डिभाइस प्रतिको लतलाई बुझ्नमा सहयोग मिल्दछ ।

भिडियो स्टि्रमिंग साइट युट्युब पनि यो अभियानको हिस्सा हो । जसमा प्रयोगकर्ताले केही समयका लागि आफ्नो अनलाइन संसारबाट केहीबारेका लागि विश्राम लिन पाउनेछन् ।

स्मरणीय छ की युट्युब एन्ड्रोइड एपको नयाँ भर्सनमा Take a Break  नामको नयाँ फिचर लञ्च हुँदैछ ।

युट्युबको टेक अ ब्रेक फिचर मोबाइल् एपको सेटिंग स्क्रीनमा उपलब्ध छ । प्रयोगकर्ताले युट्युब हेरिरहेको बेला १५, ३०, ६० वा १८० मिनेटको अन्तरालको रिमाइन्डर सेट गर्न सक्दछन् । यसो गरिसकेपछि छनोट गरिएको समयमा युट्युबले चलिरहेको भिडियो रोक्नेछ ।

भिडियो रोकिनु भनेको ‘अब आखालाई केही समय विश्राम दिनुहोस्’ भन्ने सूचनाको रुपमा ग्रहण गर्दै युट्युब एप बन्द गरी आँखालाई विश्राम दिने मौका हुनेछ । वा रिमाइन्डर रद्द गरी पुनः भिडियो हेर्ने विकल्प पनि रहनेछ । लामो समयसम्म स्मार्टफोन स्क्रीनमा भिडियो हेर्दा आँखालाई नकारात्मक असर पर्ने भएकाले समय समयमा स्क्रीनबाट आँखालाई हटाएर विश्राम दिनु स्वास्थ्यका लागि लाभदायक हुने विज्ञहरुले बताउँदै आएका छन् ।

यो सँगै युट्युबको नोटिफिकेसन मेनुमा दुई अरु नयाँ फिचर पनि थपिएको छ । त्यसमा एउटा Disable sounds & vibrations रहेको छ । यसबाट युट्युब एन्ड्रोइड एपमा एक निश्चित समयका लागि सबै नोटिफिकेसन्स साउन्ड निस्क्रिय पार्न सकिन्छ । त्यस्तै अर्को फिचर Scheduled Digest  रहेको छ । यसबाट प्रयोगकर्ताले एक दिनमा एकपटक मात्र सबै नोटिफिकेसन प्राप्त गर्नेछन् ।

टेक अ ब्रेक तथा दुई नयाँ नोटिफिकेसन फिचरहरु युट्युब एपको लेटेस्ट भर्सन १३.१७.५५ मा उपलब्ध छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment