Comments Add Comment

चितवनको गाईघाटमा भएको दुर्घटनामा ४ जना घाइते


५ जेठ, चितवन । नारायणगढ मुग्लिन सडकखण्डको गाईघाटमा भएको सवारी दुर्घटनामा ४ जना घाइते भएका छन् ।

भरतपुर महानगरपालिका २९ गाईघाटमा नाारयणगढबाट मुग्लिन तर्फ जाँदै गरेको ना ४ ख २२०२ नम्वरको ट्रकले विपरित दिशाबाट आउँदै गरेको ग २ च ४७६ नम्वरको कारलाई ठक्कर दिदा कारमा सवार ४ जना घाइते भएका हुन् ।

घाइते हुनेमा गोरखा ठिमुरो स्रोह वडा नः ९का कार चालक विनोद श्रेष्ठ, सोही स्थानका बर्ष २२ का अन्जन कुँवर, सोही स्थानकै २६ बर्षका सुरज कुँवर र ललितपुरका भिम मास्के घाइते भएका हुन् ।

घाइतेमध्ये सुरज र अन्जनको अवस्था अवस्था गम्भीर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।  उनीहरुको उपचार चितवन मेडिकल कलेजमा भैरहेको छ । ठक्कर दिने ट्रक र चालक जुगेडी प्रहरीको नियन्त्रणमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment