Comments Add Comment

कर्नाटकमा बीजेपीलाई झड्का, सपथको भोलिपल्टै मुख्यमन्त्रीले दिनुपर्‍यो राजीनामा

५ जेठ, काठमाडौं । कर्नाटकका मुख्यमन्त्री बीएस यदुरप्पाले सपथ लिएको भोलिपल्ट राजीनामा दिएका छन् । कर्नाटकको चुनावी परिणामसँगै देखिएका केही नाटकीय घटनाक्रमका बिच अब कांग्रेस र उसको सहयोगी दलले सरकार बनाउने सम्भावना देखिएको छ ।

हालै भएको चुनावमा सबैभन्दा ठूलो दल बनेको भारतीय जनता पार्टी (बीजेपी)ले बहुमत पुर्याउन भने सकेको थिएन । यस अबस्थामा काँग्रेस र उसको सहयोगी गठबन्धनसँग सहज बहुमत भए पनि त्यहाँका राज्यपालले सबैभन्दा ठूलो दल भाजपालार्इ नै  सरकार गठनका लागि ३ जेठको राति आहृवान गरेका थिए ।

भोलिपल्ट यदुरप्पाले मुख्यमन्त्रीको सपथ लिए । तर, सर्वोच्च अदालतले कर्नाटक विधानसभामा बहुमत देखाउन प्रदेश सरकारलाई आदेश दियो ।

आज शनिबार बीजेपीले बहुमत पुष्टि गर्नुपर्ने थियो । भाजपाले तेस्रो दल जेडीएसका सांसदलार्इ प्रलोभन दिएरै भए पनि बहुमत पुर्याउन कोसिस गरेको भन्दै काँग्रेस र जेडीएसले अाफ्ना सांसदलार्इ शहरभन्दा टाढा लगेर लुकाएका थिए । १०४ सांसद मात्र रहेको भाजपाले अन्ततः बहुमत पुर्याउन सकेन र  मुख्यमन्त्री यदुरप्पाले राजीनामा दिए ।

अब कांग्रेस र जेडीएस मिलेर सरकार बनाउनेछन् । तेस्रो दल जेडीएसका नेता कुमाराश्वामी मुख्यमन्त्री बन्नेछन् । कांग्रेसले उनलाई समर्थन गर्ने बताइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment