Comments Add Comment

पत्रकार महासंघ बेलायत शाखामा नयाँ नेतृत्व, अध्यक्षमा मगर दोहोरिए


नेपाल पत्रकार महासंघ, बेलायत शाखाको अध्यक्षमा नरेश खपांगी मगर चयन भएका छन् ।

शनिबार सम्पन्न संघको चौथो अधिवेशनबाट मगर निर्विरोध अध्यक्षमा निर्वाचित भएका हुन् । मगर अघिल्लो कार्यकालमा पनि अध्यक्ष थिए ।

अध्यक्षजस्तै अन्य पदाधिकारी तथा सदस्य पनि निर्विरोध चयन भएका छन् ।

वरिष्ठ उपाध्यक्षमा ध्रुवराज अर्याल र श्याम लुइँटेल छानिएका छन् भने उपाध्यक्षमा दिनेश परियार, लिलामान शेरपुन्जा र विमला सेने चुनिए ।

त्यसैगरी, महासचिव र उपमहासचिवको जिम्मेवारी क्रमशःसञ्जयभक्त कँडेल र नरेन्द्र बस्नेतले पाएका छन् ।

यूके शाखाले दिएको जानकारी अनुसार, अधिवेशनले ३ सचिव, १ कोषाध्यक्ष, १ सहकोषाध्यक्ष र ११ सदस्य चयन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment