Comments Add Comment

मन्त्री मातृका यादवको उपचार अब थाइल्याण्डमा

मन्त्री मातृका यादवलाई भेट्न अस्पताल पुगेका नेकपाका अध्यक्ष प्रचण्ड । फाइल तस्वीर

६ जेठ, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवलाई थप उपचारका लागि आज थाइल्याण्ड लगिँदैछ ।

यसअघि उनको उपचार काठमाडौंको नर्भिक अस्पतालमा हुँदै आएको थियो । उनलाई आइतबार दिउँसो साढे एक बजेको उडानबाट थाइल्याण्ड लगिँदैछ ।

अखिल क्रान्तिकारीका उपाध्यक्षसमेत रहेका मातृका यादवका छोरा रविकिरणका अनुसार उनमा टाउको र कम्मरको समस्या छ । पछाडितिर टाउको अति नै दुख्न थालेपछि मातृकालाई अस्पताल भर्ना गरिएको थियो । नर्भिकमा उनलाई डाक्टरहरु पंकज जलन, जीपी जयसवाल लगायतले हेरेका थिए ।

‘एकपटक थाइल्याण्ड गएर देखाउने सल्लाह डाक्टरहरुले दिनुभयो । त्यही भएर थाइल्याण्डको बुम्रुङमा उपचार गर्न लैजान लागिएको हो,’ रविकिरणले भने ।

मातृकाको साथमा नेपालबाट उनकी श्रीमती थाइल्याण्ड जानेछिन् भने उता दूतावासका कर्मचारीहरुले सघाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment