Comments Add Comment

प्रभासले गरे करण जौहरको अफर रिजेक्ट

बाहुबली र बाहुबली २ ब्लकबस्टर भएपछि यसका प्रमुख अभिनेता प्रभासको बलिउडमा माग बढेको छ । एक से एक निर्माता–निर्देशकहरु उनलाई आफ्नो फिल्ममा लिन आतुर छन् ।

प्रभासको फुर्ति यतिबेला बलिउडका कुनै पनि सुपरस्टारको भन्दा कम छैन । हालै निर्माता तथा निर्देशक करण जौहर उनीकहाँ एउटा फिल्मको अफर लिएर पुगे । तर, उनले स्क्रिप्ट पनि नपढि करणलाई फिर्ता पठाइदिएका छन् । उनले आफूसँग डेट नभएको बहाना बनाएका थिए ।

करण यसअघि पनि प्रभासलाई फिल्मको अफर गरेका थिए । त्यतिबेला उनले २० करोड डिमान्ड गरे, जुन करणले दिन सकेनन् । यसपाली करण २० करोड पनि दिन तयार भएर गए । तर प्रभासले मुन्टो बटारे ।

प्रभास अहिले साउथ इन्डियन फिल्म ‘साहो’ मा व्यस्त छन् । एक्सनप्रधान यो फिल्मको अहिले सुटिङ चलिरहेको छ । करिब ३ सय करोड बजेटमा बन्ने यो फिल्मले आफूलाई शाहरुख, सलमान र आमिर खानको हाराहारीमा पुर्‍याउने विश्वास प्रभासले लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment