Comments Add Comment

प्रदिप भन्छन्-‘म नेपाली हुँ, यसैले मेरो पहिलो रोजाई नेपाली उत्पादन’


नेपाली चलचित्रका युवा स्टार प्रदिप खड्का अहिले चलचित्रसँगै विभिन्न ब्रान्डसँग पनि आवद्ध छन् । यसैक्रममा, उनी नेपाली उत्पादनलाई प्रोत्साहन गर्नुपर्छ भन्दै ‘नोभेम्बर जिन्स नेपाल’सँग जोडिएका हुन. ।

उनै प्रदिपले शनिबार काठमाण्डौंको दरबारमार्ग स्थित ‘नोभेम्बर’ शो रुपको उद्घाटन गरेका छन् । शोरुम उद्घाटन गदै उनले भनेका छन्-‘म नेपाली भएकाले मेरो पहिरो रोजाई पनि नेपाली उत्पादन नै हुने गरेको छ । अन्तराष्ट्रिय गुणस्तरको नेपाली उत्पादन नोभेम्बर गुणस्तरीय र राम्रो भएकाले नेपाली उत्पादनलाई प्रोत्साहन गर्नुपर्छ भनेर म यसको ब्रान्ड एम्बेस्डरमा आबद्ध भएको हुँ ।’

उनले चलचित्र ‘प्रेमगीत २ र लिलिबिली’मा नोभेम्बरकै फेसन प्रयोग गरेका थिए। पुरुषका लागि सबै प्रकारका फेशन नेपालमै उत्पादन गरेर मुलुकका १३० वटा स्टोरबाट पाँच वर्षदेखि बिक्री बितरण गर्दै आएको नोभेम्बर जिन्स नेपालले आफ्नो पहिलो स्टोर दरबारमार्गमा शनिबारबाट सुरु गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment