Comments Add Comment

रोग लाग्न नदिने के गर्ने ? यस्ता छन् काइदा

बर्षायाम छ । यतिवेला विभिन्न किसिमको संक्रमणको भय रहन्छ । शरीरको प्रतिरोधात्मक क्षमता पनि कमजोर हुन्छ । त्यसैले सानोतिनो संक्रमणले पनि निकै दुख दिन्छ ।

खासगरी शरीरमा रोग प्रतिरोधात्मक क्षमताको कमी भएमा यस्ता संक्रमण हुने गर्छ । शरीरमा रोग प्रतिरोधात्मक क्षमता कम हुन नदिन यी उपायहरु अपनाउन सकिन्छ ।

पानी

पानी आफैमा प्राकृतिक औषधी हो । पर्याप्त मात्रामा पानीको सेवनले शरीरमा जमेको विषाक्तलाई बाहिर निकाल्न सकिन्छ । जसका कारण रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुने गर्छ । तर पानी खाँदा सकेसम्म सादा पानी वा उमालेेको पानी खानुपर्छ । फि्रजमा राखेको पानीले शरीरमा हानी पुर्‍याउने गर्दछ ।

फलफूल

मौसम, सुन्तला लगायतका रसिलो फलफूलमा भिटामिन सीका साथै भरपूर मात्रामा खनिज तत्व पाइन्छ । यसले शरीरको प्रतिरोधात्मक क्षमता बढाउन समेत महत्वपूर्ण भूमिका खेल्दछ । फलफुल सिधै, काटेर वा त्यसको जुस बनाएर पनि सेवन गर्न सकिन्छ । यस्ता फलफुल नुन वा चिनीको विना नै सेवन गर्नु उपर्युक्त हुन्छ ।

टुसा उमारेको खानेकुरा

मुङ्ग, दाल, चना, केराउ, लगायतका टुसा उमारेको खानेकुरामा भरपूर मात्रामा पोषण तत्व पाइन्छ । यसलाई पचाउन समेत सजिलो हुने तथा शरीरका लागि पोषण प्रदान गर्ने हुदाँ यस्ता खानेकुरालाई धेरै भन्दा धेरै खानु उपर्युक्त हुन्छ ।

सलाद

खानामा सलादको सेवन जति धेरै गर्यो, स्वास्थ्यका लागि त्यति राम्रो मानिन्छ । सलादले खानालाई पचाउन मद्दत गर्छ । काँक्रो , टमाटर, मुला, गाजर , प्याज, चुकन्दर सलादमा पर्दछ । यसमा नुनको मात्रा पर्याप्त हुने भएकोले थप नुनको आवश्यक्ता पर्दैन ।

चोक्करयुक्त अनाज

गहु, मकै लगायतका अनाजमा प्रशस्त मात्रामा चोक्कर पाइन्छ । चोक्करको सेवन गर्नाले कब्जियतको समस्या हुँदैन र रोग प्रतिरोधी क्षमता पनि मजबुत हुन्छ ।

तुलसी

बहु गुणयुक्त तुलसी आफैमा एउटा औषधी हो । तुलसीमा एन्टीवायोटिक तत्व हुन्छ, जसउले गर्दा यसले दुखाई कम गर्नुका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ । दिनमा ३देखि ५ वटा पत्ता तुलसीको सेवन गर्ना शरीरमा रोगको संक्रमण हुने सम्भावना न्युन हुन्छ ।

योग

योग वा प्राणायामले शरीरलाई स्वस्थ तथा रोगमुक्त राख्न महत्वपूर्ण भूमिका निर्वाह गर्छ । त्यसैले, दिनमा कम्तीमा पनि आधा घण्टा योग तथा प्राणायाम गर्नु स्वास्थ्यका लागि राम्रो मानिन्छ ।

खुशी रहने

स्वस्थ शरीरका लागि हास्न जरुरी छ । हास्नाले शरीरमा रक्तप्रवाह प्रभावकारी रुपमा हुने गर्छ । त्यस्तै, शरीरमा अक्सिजनको पूर्ति राम्ररी हुन्छ । साथै यसले रिस कम गर्नुका साथै तनावलाई समेत कम गर्दछ । त्यतिमात्र हैन, यसले रोग प्रतिरोधात्मक क्षमता समेत बढाउने हुदाँ दिनमा धेरैभन्दा धेरै हास्नु स्वास्थ्यका लागि लाभदायक मानिन्छ ।

दिनचर्या बदलौं

आयुर्वेद भन्छ, आफ्नो दिनको सुरुवात घाम उदाउनुअघि गर्नुपर्छ । नभएपनि सूर्योदयसँगै उठ्ने अभ्यास गरौं । यसले गर्दा आफ्नो पुरा दिन सही ढंगले व्यवस्थापन गर्न पाइन्छ । आयुर्वेदमा स्वतः बिहान उठ्नुपर्ने वताएको छ । यसका लागि अलार्मको भर पर्नु हुँदैन ।

खुब स्वास लिने

ब्रेकफास्ट गर्नुअघि खाली पेट व्यायाम एवं योग गर्नुपर्छ । यसले शरीरमा नयाँ उर्जा प्रवाह गर्नका साथै रक्त संचारलाई पनि बढाइदिन्छ । खुला हावामा उभिएर ५ देखि १० मिनेटसम्म पुरा फोक्सो फुलार सास लिनुपर्छ । यसले शरीरमा अक्सिजनको मात्रा पुरा गर्छ । साथै फोक्सो स्वस्थ्य र बलियो बन्छ ।

मनतातो पानी पिउने

नियमित रुपमा दिनमा दुई, चार गिलास मनतातो पानी पिउनुपर्छ । यसले पाचन प्रक्रिया चुस्त एवं तन्दुरुस्त हुन्छ । मुटु रोगको खतरा पनि कम हुन्छ ।

नास्ता गरौं

आयुर्वेदमा उल्लेख भए अनुसार बिहानको नास्ता लिनैपर्छ । बिहान नास्ता गर्नु हाम्रो पहिलो प्राथमिकता हो । नास्ता ७ देखि ९ बजेको बीचमा लिनुपर्छ । यसले मस्तिष्क सक्रिय रहन्छ । इनर्जी लेभल बढ्छ ।

सही खानपान गरौं

हरेक दिन नियमित तालिका अनुसार खानेकुरा सेवन गरौं । खानेकुरा सुपाच्य, सन्तुलित होस् । तर, एकै पटकमा थरीथरीका खानेकुरा सेवन नगरौं । बरु दिनभरमा पटक-पटक थरीथरीका खानेकुराको सन्तुलन मिलाउनुपर्छ । विजातिय खानेकुरा सेवन नगरौं । सकेसम्म सात्विक भोजन लिनुपर्छ । मसला कम भएको, शाकाहारीलाई प्राथमिकता दिनुपर्छ ।

खाना अघि पानी पिउनु हुँदैन

खाना खानुअघि वा खाना खाए लगत्तै पानी पिउनु हुँदैन । खाना खानु आधा घण्टा अघि वा पछि मात्र पानी पिउनुपर्छ । यद्यपी खानाका साथमा थोरै पानी सेवन गर्न सकिन्छ ।

खाना खाएपछि नुहाउन हुन्न

खाना खाए लगत्तै तुरुन्तै बलको काम नगरौं । साथै नुहाउनु पनि हुँदैन । खाना खानसाथ सुत्नु हुँदैन ।

केहि समय घाममा

हरेक दिन कम्तीमा आधा घण्टा घाममा बिताउनुपर्छ । यसले भिटामिन डि प्राप्त हुन्छ । शरीरको कतिपय दुखाई कम हुन्छ ।

सोझो पोजिसनमा बसौं

झुकेर, खुम्चिएर बस्नु हुँदैन । यसरी बस्दा शरीरका भित्री अंगहरुको कार्य संचालनमा बाधा पुगिरहेको हुन्छ । सोझो वा मेरुदण्डलाई सिधा बनाएर बस्नुपर्छ ।

गहिरो निन्द्रा आवश्यक

हरेक दिन कम्तीमा सात वा आठ घण्टा सुत्नैपर्छ । सुत्ने कोठा खुला वा हावा आउजाउ गर्ने हुनुपर्छ । सुत्ने समयमा मनमा अनेक कुरा खेलाउनु हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment