Comments Add Comment

अन्जु पन्त टेक्सस युएनएन सम्मेलनमा आउने

टेक्सस / नेपाली गीत संगीत क्षेत्रमा चर्चित नाम हो, अन्जु पन्त। ९ महिना अगाडि अमेरिका आएकी गायिका अन्जु पन्त पुनः अमेरिका आउने भएकी छिन् ।

उनी युनाइटेड नेप्लिज एशोसिएसनको तेश्रो सम्मेलनको लागि टेक्सस राज्यको ड्यालस शहरमा सम्मेलनमा प्रस्तुतिको लागि आउन लागेकी हुन् ।
आगामी मे २६-२७ मा हुने उक्त सम्मेलनमा उनका चर्चित गीतहरु सुन्ने अवसर श्रोताहरुले पाउने भएका छन् ।

उनले ९ महिना अगाडि डीसीमा गरेको प्रस्तुतिमा दर्शकलाई मन्त्रमुग्ध पारेकी थिइन् । गायिका पन्तले आफ्ना चर्चित गीतको साथै माइतिघर चलचित्रको प्राण भन्दा प्यारो गीत मिश्रित गीत गाउँदा माहौल तातेको थियो भने दर्शक झुमेका थिए l

यस पटक पनि टेक्ससमा उनका प्रशंसक तथा दर्शक पक्का झुम्ने छन् । न बिर्सें तिमीलाई…, म तिमि बिना मरिहाल्छु, सुर्के थैली खै, ‘म यस्तो गीत गाउँछु’, ‘भन्छु आज’, तिमि रोएको पल लगायत दर्जनौ चर्चित गीतहरु सुन्न श्रोता तथा दर्शक प्रतिक्षारत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment