Comments Add Comment

‘कुम्भ करण’ ट्रेलरः नीशाको पछि गौरव, अभय र भोला


आकाश पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्र ‘कुम्भ करण’को ट्रेलर रिलिज भएको छ । काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा भोलाराज सापकोटा, नीशा अधिकारी, गौरव पहारी, अभय बराल, आकाश पल, कुलदिप अधिकारी लगायतका कलाकारको मुख्य भूमिका रहेको चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

यो चलचित्रलाई दीपक वलीले निर्देशन गरेका हुन् । चलचित्रमा चित्रबहादुर घर्तीमगर, क्षितिज बस्नेतको लगानी छ । चलचित्रमा महेश दवाडीको कथा, पटकथा तथा संवाद, मिलन श्रेष्ठको सम्पादन, हरि लामा घलेको छायांकन, सुरेश बसेलको कोरियोग्राफी, गोविन्द मधुर आचार्यको संगीत छ ।

चलचित्रको ट्रेलरमा एउटै विद्यालयमा पढाउने शिक्षिकासँग प्रध्यानाध्यापक, शिक्षक र पिउनको आकर्षणलाई देखाइएको छ । चलचित्रका प्रस्तुतकर्ता तथा कलाकार आकाश पलले दर्शकले चलचित्र हेरेपछि ‘छि’ नभन्ने ग्यारेन्टी गरे ।
चलचित्रको ट्रेलरमा प्रस्तुत कमेडी संवादले दर्शकलाई हलसम्म तान्ने पक्का छ । कमेडी र सस्पेन्स कथामा निर्माण यो चलचित्र असार २२ गतेबाट रिलिज हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment