Comments Add Comment

नगरपालिकाका विभिन्न वडालाई पकेट क्षेत्र घोषणा, किसानलाई तालिम


६ जेठ लहान । सिरहाको लहान नगरपालिकाले खाद्यान्न, बिउ उत्पादन, तथा तरकारी खेतीको व्यवसायिक विकास गर्न बिभिन्न वडालाई पकेट क्षेत्र घोषणा गरेको छ ।

धानको बिउ उत्पादन, ताजा तरकारी, उखु, मकै, धान तथा बेसार खेतीको ब्यवसायिक उत्पादन वृद्धिको उद्देश्यले नगरपालिकाका बिभिन्न वडाहरुलाई पकेट क्षेत्र घोषणा गरी किसानलाई तालिम दिएको मेयर मुनी साहले बताए ।

लहान नगरपालिकाको दुई, तीन, १८, १९ २४ वडालाई ताजा तरकारी उत्पादन, ९ र १० लाई धानको बिज बृद्धि, १३, १४,२४ लाई उखु खेती तथा वडा नम्बर १६ लाई मकै तथा बेसार खेतीको ब्यवसायिक विकासका लागि पकेट क्षेत्र घोषणा गरेको छ ।

पकेट क्षेत्रका किसानलाई नगरपालिकाले ७५ प्रतिशत अनुदान सहयोगमा बिउ तथा वडा अध्यक्षको सिफारिसमा मलखाद तथा किटनाषक बिषदी र रोग नाषक औषधी निशुल्क किसानलाई प्रदान गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment