Comments Add Comment

बन्ने भयो मदन भण्डारी राजमार्ग, झापा र डडेलधुरालाई जोड्ने

६ जेठ, काठमाडौं । चुरे तथा भित्री मधेसको उपत्यकालाई जोड्ने नयाँ राजमार्ग बनाइने भएको छ । यसको नाम मदन भण्डारी राजमार्ग दिइएको छ ।

मन्त्रिपरिषद्को आइतबार साँझ बसेको बैठकले करिव १२०० किलोमिटर लामो राजमार्ग स्वीकृत गरेको हो । भौतिक मन्त्रालयको प्रस्तावअनुसार यो निर्णय भएको सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले बताए ।

यो राजमार्ग झापाको शान्तिनगरबाट सुरु हुनेछ र धरान, चतरा, गाइघाट, कटारी, सिन्धुलीमाढी, हेटौंडा, गैंडाकोट, रामपुर, रिडी, तम्घास, शिमलटारी, प्युठान, घोराही, तुलसीपुर, बोटेचौर, सुर्खेत, बड्डीचौर, सिमचौर, वीपीनगर, सहजपुर, बुडर, जोगढुवा हुँदै रुपालसम्म पुग्नेछ ।

मन्त्रिपरिषद् बैठकले सुन तस्करीबारे अनुसन्धान गर्न बनेको उच्चस्तरीय समितिको म्याद थप गरेको छ । समितिले जेठ मसान्तसम्म समय पाएको हो । अहिले मोरङ जिल्ला अदालतमा ६३ जनाविरुद्ध मुद्दा चलिरहेको छ भने थप छानविन जारी छ ।

बैठकले प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको संरचना पनि स्वीकृत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment