Comments Add Comment

प्रदेश २ का मुख्यमन्त्रीको अमेरिका भ्रमण अस्वीकृत

६ जेठ, काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको प्रस्तावित अमेरिका भ्रमण अस्वीकृत भएको छ ।

मन्त्रिपरिषद्को आइतबार साँझ बसेको बैठकले प्रदेश २ को मन्त्रिपरिषदले पठाएको प्रस्ताव उपयुक्त नभएको भन्दै अस्वीकार गरेको हो ।

मधेसी एशोसिएसन इन अमेरिका नामक संस्थाको निम्तोमा राउत अमेरिका जान लागेका थिए । तर, प्रदेशभित्र नीति तथा कार्यक्रम, बजेट निर्माण र संगठनात्मक काम गर्नु पर्ने समय परेकाले जान अनुपयुक्त देखिएको सञ्चार राज्यमन्त्री गोलुक बास्कोटाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment