Comments Add Comment

सरकारको नीति तथा कार्यक्रम आज, दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपतिले पेश गर्ने


७ जेठ, काठमाडौं । आर्थिक २०७५/७६ को नीति तथा कार्यक्रम सोमबार सार्वजनिक हुँदैछ । सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार दिउँसो दुवै सदनको संयुक्त बैठकमा सार्वजनिक गर्नेछिन् ।

त्यसका लागि राष्ट्रियसभा र प्रतिनिधिसभाको संयुक्त बैठक चार बजे बस्ने छ ।

सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने विशेष कार्यक्रममा उपराष्ट्रपति, पूर्वप्रधानमन्त्रीहरु, राजनीतिक दलका शीर्ष नेताहरु, सरकारका उच्च अधिकारीहरु, संवैधानिक आयोगका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु र कूटनीतिक नियोगका प्रमुखहरुलाई पनि निम्त्याइएको छ ।

नीति तथा कार्यक्रम प्रस्तुत भएलगत्तै राष्ट्रियसभा र प्रतिनिधिसभाको बेग्लाबेग्लै बैठक बस्नेछ । ति बैठकले राष्ट्रपतिप्रति धन्यवाद व्यक्त गर्नेछन् ।

सरकारको नीति तथा कार्यक्रममाथि दुवै सदनमा केही दिन छलफल हुने छ । छलफलको क्रममा सांसदहरुले उठाएका प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफसमेत दिनेछन् । त्यसपछि उक्त नीति तथा कार्यक्रम पारित गर्नका लागि दुवै सभामा निर्णयार्थ प्रस्तुत हुनेछ ।

नीति तथा कार्यक्रमका आधारमा आगामी आर्थिक वर्षको बजेट आउने भएकाले यसलाई चासोका साथ हेरिएको छ । तत्कालीन एमाले र माओवादी एकीकरण भएपछि बनेको ‘नेपाल कम्युनिस्ट पार्टी’ले ल्याउने नीति तथा कार्यक्रममा समाजवादको आधार तथा विकास र समृद्धिको नारालाई सार्थक पार्ने उद्देश्य प्रतिविम्वित हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment