Comments Add Comment

बजाज डोमिनार मोटोग्राफीमा ११ जना सहभागी


७ जेठ, काठमाडौं । हंशराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले बजाज डोमिनारका धनीहरूलाई डोमिनार मोटोग्राफीमा सहभागी गराएको छ ।

एचएच बजाज कम्पनीले देशभर रहेका डोमिनार चालकहरुमध्ये अडिसनबाट ११ जना छनोट गरेर उनीहरुलाई सगरमाथा बेस क्याम्प पठाएको छ ।

एचएच बजाजले डोमिनार ४००का ११ जनालाई साहसी चालकहरु छनोट गरेर डोमिनार ४०० सँग यात्राको आनन्द लिन र अनुभव हासिल गर्ने अवसर प्रदान गरेको छ । यो यात्रा आज २० मेबाट सुरु भएर ३० मे २०१८ सम्म चल्नेछ ।

चालकहरुकोलागि राइड रुट काठमाडौंबाट सुरु भएर केरुङ, डिन्ग्री, साइगेट, लासा, यमडोर्क, ग्यान्सटे, शाक्य, दाराथाङ, रोङबुक हुँदै एभरेष्ट बेसक्याम्प रहेको छ । त्यसपछि पुनः त्यही रुट हुँदै काठमाडौं फर्कने कार्यक्रम छ ।

हंशराज हुलास चन्द एण्ड कम्पनीका प्रबन्ध निर्देशक शेखर गोल्छाले साहसी एवं निडर ११ जना डोमिनार चालकहरुलाई एभरेष्ट वेस क्याम्पसम्मको यात्रा गराउन पाउँदा खुसी लागेको बताए ।

यी हुन् ११ जना चालक

१. प्रशान्त मानन्धर
२. कोशिष पराजुली
३.सुमन मर्हजन
४.देवकुमार श्रेष्ठ
५.जम्पा दोर्जे शेर्पा
६. रोशन मर्हजन
७. रुपेश श्रेष्ठ
८. प्रवीन तिवारी
९.प्रसिद्ध पाण्डे
१०. अतिश चौधरी
११. अब्दुरा मनला नेपाली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment