Comments Add Comment

राष्ट्रकवि घिमिरे अस्पताल भर्ना, छोरा भन्छन्- आन्तरिक रक्तश्राव रोकिएन

७ जेठ, काठमाडौं । राष्ट्रकवि माधव प्रसाद घिमिरे अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको छ ।

९९ वर्षीय घिमिरेको स्वास्थ्य सामान्य रहेको अस्पताल प्रशासनले जनाएको छ । तर, छोरा राजिव घिमिरेका अनुसार राष्ट्रकविको आन्तरिक रक्तश्राव भएको छ ।

घिमिरे पछिल्लो केही महिनादेखि अस्वस्थ छन् । बेलाबेला अस्पताल भर्ना नै गर्ने गरिएको थियो । पछिल्लो पटक उनी ७/८ दिनअघि अस्पतालमा भर्ना भएका थिए ।

उनको अहिले हाईकेयर वार्डमा उपचार भइरहेको छ । मुटु, मिर्गौला र फोक्सोमा समस्या देखिएको छ । साथै आन्तरिक रक्तश्राव पनि भइरहेको छ ।

‘अहिलेसम्म चार प्वाइन्ट रगत दिइएको छ । तर, अझै आन्तरिक रत्तश्राव रोकिएको छैन,’ घिमिरेले अनलाइनखबरसँग भने ।

उनका अनुसार चिकित्सकहरुले इन्टेरस्कोपी गर्नु पर्ने बताएका छन् । तर, नेपालमा विज्ञको अभाव भएकाले भारतबाट बोलाउन अस्पतालले समन्वय गरिरहेको छ ।

नभए भारतमा लगेर उपचार गर्नुपर्ने हुन सक्ने राष्ट्रकविका कान्छो छोरा राजिवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment