Comments Add Comment

पुरुषोत्तम सानुको ‘आकाशको तारा’ बजारमा


गीत–संगीतको सृजनात्मक बजारमा आफ्नो स्थान बनाइसकेका पुरुषोत्तम सानुले लामो समयको अन्तरालपछि नयाँ गीत ल्याएका छन् । ‘तिमी आकाशको तारा म धर्तीको धूलो’ बोलको गीत लिएर उनी बजारमा आएका हुन् ।

मिङ्मा शेर्पाले स्वर दिएको यो गीतमा सुरज शाही ठकुरीले संगीत भरेका छन् । गीतमा स्वयं पुरुषोत्तम र आश्मा घिमिरेले अभिनय गरेका छन् । त्यस्तै निशा जोशी, निश्चल कार्की, सक्षम सुवेदीको पनि अभिनय छ । उज्ज्वल जोशीको निर्देशन रहेको यो म्युजिक भिडियोको सम्पादन खेर खोनिज सुनवारको छ ।

पुरुषोत्तमले लामो समयदेखि गीत, कविता र लेख रचनामा कलम चलाउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment