Comments Add Comment

दमक–७ का वडाध्यक्षको घरमा बम विष्फोट, दुई घाइते


७ जेठ, झापा । जिल्लाको दमक–७ का वडाध्यक्ष भीम पौडेलको घरमा अज्ञात समूहले गएराति बम विष्फोट गराएका छन् । बिस्फोटबाट २ जना घाइते भएका छन् भने घरमा सामान्य क्षति पुगेको छ ।

बमको छर्रा लागेर सेमु राई र तिलोचन पोख्रेल घाइते भएका छन् । हातखुट्टामा चोट लागेका घाइते दुवैको अहिले दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ ।
बम इलाका प्रहरी कार्यालय दमकदेखि पूर्व ५०० मिटर क्षेत्रमा रहेको वडाध्यक्ष पौडेलको पक्की घरमा विस्फोट भएको हो ।

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले दमकको विवादित बजारस्थल क्षेत्रमा बसोबास गरिआएका सुकुम्वासीलाई प्रशासन लगाएर उठिबास गराएको भन्दै वडाध्यक्ष पौडेलसहित नगर प्रमुख रोमनाथ ओलीलाई नछाड्ने विज्ञप्तिमार्फत चेतावनी दिएका थिए । यहीबीचमा पौडेल निवासमा बम विस्फोट भएको हो ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment