Comments Add Comment

भदौ १ मा बर्षाका लागि अनुप र प्रशान्तको टकराव


भदौ १ गते दुई चलचित्र रिलिज हुने भएका छन् । भदौ महिना चलचित्र निर्माताका लागि विशेष हुने गर्दर्छ । यसैले, पनि यो महिना आधा दर्जन बढी चलचित्र रिलिज हुँदैछन् ।

भदौ १ गते यसअगाडि नै चलचित्र ‘मिस्टर भर्जिन’को प्रदर्शन मिति तय भैसकेको थियो । अब, यही मितिमा चलचित्र ‘जय शम्भु’ पनि प्रदर्शनमा आउने भएको छ । चलचित्रलाई काठमाण्डौ भित्र गोपाल कायस्थ र काठमाण्डौ बाहिर एफडी कम्पनीले वितरण गर्नेछ ।

यो चलचित्रमा नायक अनुप विक्रम शाहीको टक्कर ह्यान्डसम भिलेनको उपाधि पाएका प्रशान्त ताम्राकारसँग हुनेछ । चलचित्रमा नायिका बर्षा सिवाकोटीको पनि मुख्य भूमिका छ ।

रुपेश तामाङको निर्देशनमा तयार भएको यो चलचित्रका कार्यकारी निर्माता राजकुमार नगरकोटी र चक्र पाखि्रन हुन् । चलचित्रका निर्माता अरविन्द्र शाक्य हुन् । हरि लामाको छायांकन रहेको चलचित्रलाई काठमाण्डौ र अन्नपूर्ण बेशक्याम्पमा खिचिएको छ ।

चलचित्रलाई एक्सन र लभ स्टोरीको मिश्रण भनिएको छ । अनुप र प्रशान्तको टकरावले चलचित्रलाई रोचक बनाउने निर्माणपषको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment