Comments Add Comment

बजाज डोमिनार मोटोग्राफीः ११ डोमिनार चालक गए सगरमाथा बेस क्याम्प


७ जेठ, काठमाडौं । हंशराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले बजाज डोमिनारका धनीहरलाई डोमिनार मोटोग्राफीमा सहभागी गराएको छ । एचएच बजाज कम्पनीले देशभर रहेका डोमिनार चालकहरुमध्ये अडिसनबाट ११ जना छनोट गरेर उनिहरुलाई सगरमाथा बेस क्याम्प पठाएको छ ।

एचएच बजाजले डोमिनार ४००का ११ जनालाई शाहसी चालकहरु छनोट गरेर डोमिनार ४०० संग यात्राको आनन्द लिन र अनुभब हाँसिल गर्ने अवसर प्रदान गरेको छ । यो यात्रा आज २० मेबाट सुरु भएर ३० मे २०१८ सम्म चल्नेछ ।

चालकहरुकोलागि राइड रुट काठमाडौंबाट सुरु भएर केरुङ, डिन्ग्री ,साइगेट, लाशा, यमडोर्क, ग्यान्सटे, शाक्य, दाराथाङ, रोङबुक हुँदै एभरेष्ट बेसक्याम्प रहेको छ । त्यसपछि पुनः त्यहि रुट हुँदै काठमाडौं र्फकने कार्यक्रम रहेको छ ।

हंशराज हुलास चन्द एण्ड कम्पनीका प्रबन्ध निर्देशक शेखर गोल्छाले डोमिनार मोटोग्राफीको बिषयमा भने ‘साहसी एवं निडर ११ जना डोमिनार चालकहरुलाई एभरेष्ट वेस क्याम्पसम्मको यात्रा गराउन पाउँदा हामीलाई खुशी लागेको छ । यो सहभागीहरुका लागि एभरेष्ट वेस क्याम्पसम्म बाइक चलाउनुको एक आल्हादित र साहसिक यात्राको अनुभूति बटुल्ने अवसर थियो । डोमिनार-मोटोग्राफीले नेपाल र चीन बीच रोमाञ्चकता, नदेखिएका र चर्चामा नआएका दुबै देशका अलौकिक स्थानका मनमोहक दृश्यावलीहरुलाई उजागर गरिदिएको छ ।’

यी हुन् ११ जना चालक
१. प्रसान्त मानन्धर
२. कोशिष पराजुली
३.सुमन मर्हजन
४.देब कुमार श्रेष्ठ
५.जम्पा दोर्जे शेर्पा
६. रोशन मर्हजन
७. रुपेश श्रेष्ठ
८. प्रबिन तिवारी
९.प्रशिद्ध पाण्डे
१०. अतिस चौधरी
११. अब्दुरा मनला नेपाली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment