Comments Add Comment

अष्ट्रेलियालाको ला ट्रोब बिजनेस स्कुलमा नेपाली विद्यार्थीलाई पढ्ने अवसर

७ जेठ, काठमाडौं ।  अष्ट्रेलियालाको ट्रोब विश्वविद्यालय अन्तर्गतको ला ट्रोब बिजनेस स्कुलमा नेपाली विद्यार्थीले पनि पढ्न पाउने भएका छन् । उक्त विश्वविद्यालयका डिन तथा प्रमुख प्रोफेसर जेन ह्यामिल्टनले नेतृत्वमा काठमाडौं आएको एक टोलीले नेपाली विद्यार्थीलाई पनि भर्ना लिने निर्णय भएको जानाकारी गराएको हो।

नेपालका विद्यार्थीहरूको मागलाई ध्यानमा राखी यस बिजनेस स्कुलले जनवरीदेखि सीमित स्नातकोत्तर कार्यक्रमहरू का लागि नयाँ भर्ना शुरू गरेको हो। नयाँ भर्नासँगै पठनपाठन छिटो सम्पन्न गर्नका लागि यस संस्थाले द्रुत अध्ययन कार्यक्रमहरू शुरू गरेको छ।

यी शैक्षिक कार्यक्रमहरू गत वर्षको नोभेम्बरमा शुरू गरिएका ज्यादै सफल पूर्वस्नातक र स्नातकोत्तर कार्यक्रमहरूमा थप गरिएका हुन्। नोभेम्बर भर्नाचाहिँ फेब्रुअरी र जुलाइमा शुरू गरिएका दुइ अर्धवार्षिक शैक्षिक सत्रह मा थप गरिएका हुन्।

केही वर्ष अघि ला ट्रोबले स्नातकोत्तर तहका शैक्षिक कार्यक्रमहरूको लागि तेस्रो सेमेष्टरको शुरूवात् गरेको थियो। अहिले यो शैक्षिक कार्यक्रम नेपाली विद्यार्थीहरूमाझ ज्यादै लोकप्रिय छ। यसका साथै सम्बन्धित उद्योगका आवश्यकताहरू र रोजगार बजारका पछिल्ला प्रवृत्तिहरूलाई ध्यानमा राख्दै नयाँ विषयहरू पनि थपिएका छन्।

ला ट्रोब विश्वविद्यालय अष्ट्रेलियाको भिक्टोरियामा रहेको धेरै क्याम्पसहरूसहितको विश्वविद्यालय हो। भिक्टोरियाको प्रथम लेफ्टिनेन्ट गभर्नरको नामबाट यस विश्वविद्यालयको नाम राखिएको हो। ५० वर्षदेखि ला ट्रोब विश्वविद्यालय अष्ट्रेलियाको उच्च शिक्षाको क्षेत्रमा एउटा अग्रणी संस्थाको रूपमा संचालित छ।

शैक्षिक उत्कृष्टता र अनुसन्धान सम्बन्धी उपलब्धिहरूको क्षेत्रमा ला ट्रोब सुप्रसिद्ध छ। भिक्टोरियामा यसका ७ क्याम्पसहरू छन् भने न्यू साउथ वेल्स, अष्ट्रेलियामा १ क्याम्पस संचालनमा छ। ला ट्रोब विश्वविद्यालयबाट एक लाख ८१ हजारभन्दा बढी विद्यार्थीहरूले आफ्नो अध्ययन पुरा गरिसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment