Comments Add Comment

जहाँ ‘फाल्तु’ बने मरिश्का र सन्ध्या


व्यस्त कलाकारहरुलाई आफैंले अभिनय गरेको फिल्मका कार्यक्रममा पनि समय दिन मुस्किल पर्छ । तर, फुर्सदिला कलाकारहरु आफ्नो कुनै सरोकारै नभएको कार्यक्रममा पनि निम्ता मान्न पुगिदिन्छन् । र, त्यस्ता ठाउँमा पुग्दा कहिलेकाही फाल्तु बन्नुपर्ने हुन्छ ।

आइतबार आयोजना भएको चलचित्र ‘कुम्भ करण’को पत्रकार सम्मेलनमा यस्तै दृश्य देखियो । यो चलचित्रकी मुख्य नायिका हुन् नीशा अधिकारी । तर, नीशा अमेरिका भएकाले कार्यक्रममा उपस्थित हुन सकिनन् ।

तर, जब कार्यक्रममा दुई नायिका मरिष्का पोख्रेल र सन्ध्या केसी आइपुगे, पत्रकार नै अचम्भित बने । किनकी, यो चलचित्रमा यी दुबै नायिका छैनन् ।

मरिष्का र सन्ध्यालाई आयोजकले ‘उपस्थितिका लागि धन्यवाद’ भन्यो । तर उनीहरुलाई स्टेजमा निम्त्याइएन । न बोल्ने मौका नै दिइयो ।
बुझ्दै जाँदा यी दुई नायिका त्यहाँ उपस्थित हुनुको कारण के रहेछ भने, उनीहरु दुवैले अभिनय गरेको चलचित्र ‘पण्डित बाजेको लौरो’ का निर्माता र यो चलचित्रका निर्माता एकै रहेछन् । त्यसैले पनि यी निम्त्याइएको रहेछ ।

तर, त्यहाँ दुवै नायिकाको उपस्थिति औचित्यपूर्ण थिएन । उपस्थित सञ्चारकर्मीले समेत उनीहरुर्लाइ भाउ दिएनन् । कार्यक्रमका संचालक नरेश भट्टराइले समेत सन्ध्यालाई आफूले नै अभिनय गरेको कार्यक्रममा भेट्न मुश्किल पर्ने भन्दै यो कार्यक्रममा आएको भन्दै धन्यवाद दिए ।

यी दुई नायिका आफूले नै अभिनय गरेको चलचित्रको प्रचारमा धेरैपटक अनुपस्थित छन् । तर, आफ्नो एक सिन पनि नभएको चलचित्रको कार्यक्रममा पुग्न हतारो हुनु उदेकलाग्दो होइन त ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment