Comments Add Comment

एक हजार विद्यार्थीका लागि एउटा शौचालय

प्रतिकात्मक तस्वीर

७ जेठ, गौशाला । महोत्तरीको लोहारपट्टी नगरपालिकाअन्तर्गत पर्ने रामवती जगदेव जनता माध्यमिक विद्यालय बगडामा एक हजार जनाका लागि एउटामात्रै शौचालय रहेको छ ।

लोहारपट्टी नगरपालिका–१ बगडामा सो विद्यालयमा कक्षा १ देखि १२ सम्ममा कूल ९९८ विद्यार्थी, १७ शिक्षक र दुई परिचर रहेका छन् । मा ती सबैका लागि त्यस विद्यालयमा एउटामात्रै शौचालय रहेको छ ।

विगत दुई दशकदेखि सो विद्यालयमा एउटामात्रै शौचालय रहेको छ । एउटै शौचालय भएका कारण विद्यार्थी र शिक्षकले पालो कुर्नु परिरहेको प्रधानाध्यापक श्यामसुन्दर यादवले बताए । शौचालयका लागि पटक पटक जिल्ला शिक्षा कार्यालयलाई लिखित अनुरोध गर्दैआएको उनको भनाइ छ ।

‘विद्यार्थी र शिक्षकलाई निकै समस्या हुने गरेको छ,’ उनले भने ।

ढोका फुटेको, चुक्कुल नभएको र पर्खाल जीर्ण भइसकेको सो शौचालयमा छात्रा महिनावारी भएका बेला तथा सामान्यरुपमा दिसापिसाब गर्न जाँदा समस्या हुने गरेको कक्षा १० की छात्रा विभाकुमारी यादव बताए ।

यहाँ खानेपानीको समेत अभाव छ । विद्यालयमा बगडा, महदैया, मधेपुरा, अन्हारवन, सुखैनिया, पररिया, तपनपुर, जगतियालगायत ठाउँका विद्यार्थी पढ्न आउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment