Comments Add Comment

सलमानपछि ऋतिकसँग दिशा


बलिउड नायिका दिशा पटानीको भाग्य खुल्दैछ भनेर वुझ्दा फरक पर्दैन । ‘वागी २’ सुपरहिट भएपछि दिशा अहिले धेरै निर्माताको आँखामा परेकी छिन् । यसैले पनि उनलाई ठूला ठूला स्टारहरुसँग काम गर्ने अवसर मिलिरहेको छ ।

चलचित्र ‘भारत’मा नायिका पटानीले बलिउडमा सुपरस्टार नायक सलमान खानसँग काम गर्ने फाइनल भैसकेको छ । दिशालाई सलमानले ट्विटरमार्फत यो प्रोजेक्टमा स्वागत समेत गरिसकेका छन् ।

अब, दिशाले सलमानपछि अर्का सुपरस्टार नायकसँग काम गर्ने फाइनल भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । रोहित धवनले निर्देशन गर्न लागेको नयाँ चलचित्रमा बलिउडका सुपरस्टार नायक ऋतिक रोशनले काम गर्दैछन् । अब, यो चलचित्रका लागि रोहितले ऋतिकको जोडीको रुपमा दिशालाई फाइनल गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।

चलचित्रका निर्माता साजिद नाडियाडवाला यो चलचित्रलाई सन् २०१९ मा रिलिज गर्ने सोचमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment