Comments Add Comment

‘हैरान’ हेर्न पुगे धुर्मुस-सुन्तली(फोटो फिचरसहित)


शुक्रबारदेखि देशभर रिलिज भएको चलचित्र ‘हैरान’को विशेष शो काठमाण्डौको बीग मुभिजमा आयोजना गरिएको छ । सौगात बिष्टले निर्देशन गरेको यो चलचित्रले कमेडी शैलीमा देशको राजनीतिक अवस्था, सामाजिक घटनाहरुलाई उठान गरेको छ ।

शुक्रबारदेखि रिलिज भएको चलचित्रले औषत व्यापार गरेको छ । चलचित्र हेर्नका लागि सिताराम कट्टेल ‘धुर्मुस’, कुञ्जना घिमिरे ‘सुन्तली’ बीग मुभिज पुगेका थिए । यस्तै, चलचित्र हेर्न नायक रमेश उप्रेती, सरोज खनाल, निर्मल शर्मा पनि हलमा पुगेका थिए ।

चलचित्रका मुख्य कलाकार सत्यराज आचार्य, गजित बिष्ट, सागर लम्साल, निश्मा घिमिरे, आरोही शर्मा हल पुगेका थिए । चलचित्र हेरेका पत्रकार र चलचित्रकर्मीले यसको बिषयवस्तु र कमेडीलाई मन पराए । चलचित्रको माउथ पब्लिसिटी राम्रो रहेकाले दर्शक बढ्ने विश्वास यसका कलाकार गजित बिष्टले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment