Comments Add Comment

बर्दघाट नगरपालिका भित्र सूर्तीजन्य बस्तु प्रतिबन्ध

७ जेठ, नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका भित्र चुरोट तथा सूर्तीजन्य पदार्थको विक्री वितरणमा प्रतिबन्ध लगाइने भएको छ ।

सार्वजनिक स्थानमा समेत धुमपान गर्ने र सूर्ती, पुकार, भोला जस्ता सूर्तीजन्य बस्तुका खोलहरु प्रयोगकर्ताले प्रयोग गरेपछि जताततै फाल्दा नगर फोहोर भएको भन्दै नगरपालिकाले यस्तो प्रतिबन्ध लगाउन थालेको बर्दघाट नगरपालिकाका नगरप्रमुख धिरज शर्मा बस्यालले बताए ।

नगरपालिका भित्र नगरपालिकाको अनुमति लिएर मात्र बिक्री गर्न पाइने र प्रयोगकर्ताले त्यसलाई व्यवस्थित ढंगले मात्र प्रयोग गर्न पाइने गरी व्यवस्थापन गर्न लागेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको कार्यालयले धुमपान, मध्यपान तथा लागुपदार्थ दूव्र्यसनी जागरण अभियान कार्यक्रम सम्बन्धी कार्यपत्र समेत तयार पारेर छलफलमा लगेको छ ।

नगरप्रमुख शर्माका अनुसार जेठ २५ गतेभित्र यसलाई लागू गर्ने गरी तयारी गरिएको छ ।

पहिलो चरणमा विद्यालय, सार्वजनिक स्थान लगायतका क्षेत्रलाई लक्षित गरी जागरण अभियान चलाउने भएको छ ।

जागरण अभियान जेठ २० गतेसम्म चलाइने र जेठ २५ गतेबाट कार्यान्वयनमा लैजाने शर्माले बताए ।
बर्दघाटको मुख्य चोक बसपार्क, त्रिवेणी चोक, बर्दघाट बजार लगायतका साना ठूलो चोकहरु सूर्तीजन्य बस्तुको खोलले निक्कै फोहोर देखिने गरेको छ ।

चुरोट, सूर्ती र गुट्खा लगायतका सूर्ति जन्य पदार्थहरुको बिक्री बितरण नियन्त्रण अभियानको कार्य सम्पादन जेष्ठ २१ गते भित्र सक्ने गरी जिम्मेबार निकायको रुपमा बर्दघाट नगरपालिकानै रहने गरी नगरपालिकाले प्रस्ताव अगाडि सारेको छ ।

सार्वजनिक स्थानमा धुमपान तथा सूर्तीजन्य बस्तु प्रयोग गर्ने र त्यसबाट निस्कने फोहोर सार्वजनिक स्थानमा फाल्नेलाई कारवाही गर्न सक्नेसम्मको तयारीसहित बर्दघाट नगरपालिका अगाडि बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment