Comments Add Comment

संविधान संशोधनमा राजनीतिक सहमति भइसकेको छः प्रचण्ड

७ जेठ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनमा राजनीतिक सहमति भइसकेको बताएका छन् ।

सरकारको नीति तथा कार्यक्रम संशोधनबारे मौन बसेपछि मधेस केन्द्रित दलहरुले छुटेको कि नियतबस छुटाइएको हो भनी प्रश्न गर्ने बताएका थिए । तर, नेकपाका अध्यक्ष प्रचण्डले यसबारे राजनीतिक सहमति जुटिसकेको बताएका हुन् ।

संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले भने, ‘प्रधानमन्त्री र मैले विभिन्न चरणमा छलफल गरेर राजनीतिक सहमति जुटाइसेका छौं । सरकारमा आउने निर्णय हुनासाथ सहमतिमा हस्ताक्षर हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment