Comments Add Comment

बैंकहरु राणा शासनकालका जमिनदार जस्तैः उपाध्यक्ष प्रधान


७ जेठ, बुटवल । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले बैंक तथा वित्तिय संस्था राणा शासनका जमिनदार जस्तै भएको आरोप लगाएका छन् । उनले बैंकर्सहरुको संगठन नेपाल बैंकर्स एशोसिएसन कार्टेलिङको जग भएको बताए ।

‘राणा शासनमा ऋण नतिर्नेको सम्पत्ति हडप्नेदेखि परिवार खोस्नेसम्म गर्न पाउंथे अहिले बैकको हालत पनि झण्डै उस्तै छ’-बुटवल उद्योग वाणिज्य संघको २५ औंसल्लाहकार सभामा सोमबार बोल्दै उनले भने -‘सरकारले नै उनीहरुलाई त्यसैगरी जग्गा बेचेर बिचल्ली पार्ने अधिकार दिएको छ ।’

उपाध्यक्ष प्रधानले व्यवसायीहरुलाई तत्काल कमाउने र मोज गर्ने भन्दा मुलुकको दीगो बिकास र रोजगारी श्रृजना गरी दीगो व्यवसाय सञ्चालन हुने क्षेत्रमा लगानी गर्न आग्रह समेत गरे । उनले आर्थिक क्रान्तिका लागि अहिले सबैभन्दा उपयुक्त समय आएको बताए ।

सबै राजनीतिक दलहरुले निर्वाचनमा आर्थिक समृद्धिलाई प्रमुख एजेण्डा बनाएको र स्पष्ट बहुमतको सरकार बनेकोले अहिले आर्थिक क्रान्तिका लागि उपयुक्त समय आएको उनको भनाई थियो ।

स्पष्ट बहुमत सहितको सरकारले विगतमा गरेका प्रतिबद्धता अनुसार क्रान्तिकारी योजना ल्याउने आशामा नेपालको नीजि क्षेत्र रहेको प्रधानले बताए । प्रधानले बुटवल तथा आसपासको क्षेत्र आर्थिक क्रियाकलापमा तिब्र बिकास गरिरहेको क्षेत्र रहेको उल्लेख गर्दै मुलुकको समृद्धिका लागि कृषिमा लगानी गर्न पनि व्यवसायीहरुलाई सुझाव दिए ।

कार्यक्रममा बोल्दै नेपालस्थित बंगलादेशी राजदुतावासका प्रथम सचिव मोहवुल हकले नेपालमा भएका श्रोत साधनको अत्यधिक उपयोग गर्न सके नेपालले छिटो आर्थिक बिकास गर्न सकिने औंल्याए । उनले नेपाल र बंगलादेशबीचको व्यापार बढाएर दुई देशले बिभिन्न क्षेत्रमा लाभ लिन सक्ने पनि बताए । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुरेन्द्रप्रसाद श्रेष्ठले स्थानीय तहहरुले ऐन कानुन बनाउदा निजी क्षेत्रसँग समन्वय नगरेको गुनासो गर्दै प्रदेश र केन्ऽको कानुन निर्माणमा पनि त्यस्तै भए लगानीमैत्री र उद्योगमैत्री ऐन कानुन बन्न नसक्ने औंल्याउंदै निजी क्षेत्रले आफनो भुमिका खोज्नुपर्ने बताए ।

सो अवसरमा संघका अध्यक्ष खिमबहादुर हमाल, पुर्व अध्यक्ष अर्जुनमान सैजु,हिराप्रसाद श्रेष्ठले व्यवसायीहरुको सहयोगमा बनाएको संघको भवन र सभाहल प्रदेश सभालाई दिदा त्यसको उचित सम्मान हुनुपर्ने आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment