Comments Add Comment

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ

७ जेठ, बुटवल । रुपन्देहीको बुटवलमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यू भएको छ । बुटवल उपमहानगरपालिका १५ चंखेपुर बस्ने ३५ वर्षीय रामु रानाले मदिरा सेवन गरी श्रीमती अञ्जु रानालाई कुटपटि गर्दा उनको मृत्यू भएको हो ।

घटना आइतबार राति भएको भए पनि प्रहरीलाई सोमबार मात्रै खबर आएको थियो ।

घटनास्थल पुग्दा २९ वषर्ीय अञ्जु राना मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक (डीएसपी) केशव भट्टराईले बताए ।

रामुले खाना नपकाएको भन्दै श्रीमतीलाई काठको दाउराले कुटेका थिए । श्रीमती अञ्जुको टाउकोमा गहिरो चोट लागेपछि उनको केहिबेरमै मृत्यु भएको प्रहरीको भनाइ छ ।

मृतक अञ्जुका ३ सन्तान छन् । प्रहरीले रानालाई नियन्त्रण लिई अनुसन्धान सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment