Comments Add Comment

सानिमा लाईफ र गैरआवासीय नेपाली संघवीच सम्झौता


७ जेठ, काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्स लिमिटेड र गैरआवासीय नेपाली संघवीच संस्थाका विश्वभरका सदस्यहरुलाई सुलभ रुप्ामा आधुनिक स्तरको प्रविधि युक्त जीवन वीमा सेवा उपलब्ध गराउने सम्वन्धी सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

सानिमा लाईफ इन्स्योरेन्सका सञ्चालक घनश्याम थापा, एनआरएनएका भाइस प्रेसिडेन्ट सपीला राजभण्डारी, एआरएन एनसीसी रसियाका प्याट्रोन खेमराज लामिछाने लगायतको उपस्थीतिमा सम्पन्न कार्यक्रममा कम्पनीका तर्फबाट नायव महाप्रबन्धक केशव राज के.सी तथा एनआरएनएका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा.हेमन्त कुमार दवाडीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment