Comments Add Comment

राष्ट्रकविलाई भेट्न अस्पताल पुगे प्रधानमन्त्री

७ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ग्राण्डी अस्पताल पुगेर राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

प्रधानमन्त्री ओली सोमबार साँझ अस्पताल पुगेका थिए । उनले घिमिरेको स्वास्थ्य अवस्था र उपचारबारे जानकारी लिएका थिए ।

घिमिरे पछिल्लो केही महिनादेखि अस्वस्थ छन् । बेलाबेला अस्पताल भर्ना नै गर्ने गरिएको थियो । पछिल्लो पटक उनी ७/८ दिन अघि अस्पतालमा भर्ना भएका थिए ।

उनको अहिले हाइकेयर वार्डमा उपचार भइरहेको छ । मुटु, मिर्गौला र फोक्सोमा समस्या देखिएको छ ।

साथै आन्तरिक रत्तश्राव पनि भइरहेको छ । ‘अहिलेसम्म चार पिन्ट रगत दिइएको छ । तर, अझै आन्तरिक रत्तश्राव रोकिएको छैन’ घिमिरेले भने ।

उनका अनुसार चिकित्सकहरुले इन्टेरस्कोपी गर्नु पर्ने बताएका छन् । तर, नेपालमा विज्ञको अभाव भएकाले भारतमा लैजान समन्वय भइरहेको कान्छो छोरा राजिवले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment