Comments Add Comment

वैज्ञानिकले बनाए दुनियाँकै सानो घर


वैज्ञानिकहरु विश्वकै सबैभन्दा सानो घर बनाउन सफल भएका छन् । नानो टेक्नोलोजीको प्रयोग गरी उक्त घर बनाइएको हो । उक्त घरको क्षेत्रफल जम्मा ३ सय वर्ग माइक्रोमिटर छ । स्मरणरहोस् एक माइक्रोमिटर भनेको एक मिलिमिटरको हजार भागको एक भाग मात्र हो ।

उक्त घर बनाउनका लागि प्रयोग गरिएको रोबोटिक प्रणालीले सटिक रुपमा नानो मेटेरियललाई निश्चित ढाँचामा जोड्न सक्दछ ।

जर्नल अफ भ्याकुम साइन्स एण्ड टेक्नोलोजी ए नामक पत्रिकामा उक्त घर निर्माणका विषयमा रिपोर्ट प्रकाशित भएको छ । अनुसन्धानकर्ता आयन गन्सले इलेक्ट्रोन बिम तथा नियन्त्रित रोबोटिक पाइलटिङमा परिवर्तन गरी अप्टिकल सेन्सिंग टेक्नोलोजीलाई अझै उक्तृष्ट बनाएका रिपोर्टमा उल्लेख छ ।

फ्रान्सको फेम्टो एसटी इन्स्टिच्यूटका शोधकर्ताहरुले उक्त भवन बनाउनका लागि नयाँ माइक्रोबोटिक्स प्रणाली तयार गरे । जसबाट उनीहरुले अप्टिकल नानो प्रविधिको विद्यमान सिमाहरुबाट अघि बढ्न सफल भए ।

शोधकर्ताहरुको यो सफलताले जेट इन्जिन तथा रक्तनली जस्ता ठाउँमा पनि रौँ बराबरको सानो अप्टिकल फाइबर पनि राख्न सकिने अपेक्षा जागृत भएको बताइएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment