Comments Add Comment

लण्डनको हावाले फेरिएकी साम्राज्ञी


नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह करिब एक महिना लामो चलचित्रको छायांकन सकेर लण्डनबाट नेपाल फर्किएकी छिन् । चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’को छायांकनका लागि उनी लण्डन पुगेकी थिइन् ।

साम्राज्ञीले सोमबार आयोजना भएको ‘चलचित्र पत्रकार संघ’को कार्यक्रममा आफू एक साता अगाडि लण्डनबाट फर्किएको बताइन् । उनी आमासँग सो कार्यक्रममा पुगेकी थिइन् ।

चलचित्रको लण्डनको सबै छायांकन सकिएतापनि नेपालको छायांकन भने अझै बाँकी रहेको उनले बताएकी छिन् । साम्राज्ञी अहिले फेरिएकी छिन् । उनी दुब्लाएकी छिन् भने कपालको स्टाइल पनि परिवर्तन गरेकी छिन् ।

‘कायरा’ छायांकन सकेपछि ‘इन्टु मिन्टु लण्डनमा’का लागि पुरा समय दिएकी साम्राज्ञीले नयाँ चलचित्र भने साइन गरेकी छैनन् ।

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment