Comments Add Comment

कांग्रेसको टिप्पणीः नीति तथा कार्यक्रम योजनाको पुलिन्दा

८ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रमलाई योजनाको पुलिन्दाको संज्ञा दिएको छ ।

मंगलबार बसेको संसदीय दलको बैठकले सरकारको नीति तथा कार्यक्रमलाई पुरानै शैली र केन्दि्रकृत प्रणालीको सपना बाड्ने योजनाको पुलिन्दा मात्रै भएकोले संसदमा आवाज उठाउने निर्णय गरेको हो ।

नीति तथा कार्यक्रममा स्थानीय र प्रदेश सरकारलाई बलियो बनाउने स्पष्ट खाका नभएको, एक वर्षभित्र कुनकुन क्षेत्रमा के कति उपलब्धी हुन्छ भन्ने रेखांकन गर्न नसकिएको आरोप कांग्रेसले लगाएको छ ।

संघीय संरचनामा मुलुक रहेपनि नीति तथा कार्यक्रमले तीन तहको सरकार भएको अनुभूति दिन नसकेको तथा पूर्ववर्ती सरकारको जस्तै केन्दि्रकृत नीति अबलम्बन गरिएको ठहर कांग्रेसको छ ।

सरकारले नीति तथा कार्यक्रमका सैद्धान्तिक पक्षबारे प्रमुख प्रतिपक्षी दलसँग छलफल नगरे एकलौटी रुपमा अघि बढेको टिप्पणी कांग्रेसले गरेको छ ।

सरकारको नीति तथा कार्यक्रमले प्रदेश र स्थानीय सरकारलाई मार्गदर्शन गरी हातेमालो गर्दै अघि बढ्नुपर्ने भएपनि त्यो नभइ घोषणपत्रमा सिमिति भएकाले जनताको विकास र सम्बृद्धिको सपना साकार पार्न आफूहरुले संसदमा शसक्त आवाज उठाउने निर्णय पनि कांग्रेसले गरेको छ ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दे गर्दा सरकारले नियोजित रुपमा नै राष्ट्रियसभा र प्रतिनिधिसभाको अपमान गरेको ठहर पनि कांग्रेसले गरेको छ ।

सोमबार संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment