Comments Add Comment

२० वर्ष पछि कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादी पक्राउ

८ जेठ, कास्की । कास्की प्रहरीले अमिरबहादुर रानाभाटको हत्याका फरार प्रतिवादीलाई झण्डै २० वर्षपछि पक्राउ गरेको छ ।

०५६ साल असोज महिनामा कास्की जिल्ला साविक मिजुरेडाँडा गाविस-८ माझटीमा बस्ने अमिरबहादुर रानाभाटलाई दिपक लामा समेतका व्यक्तिहरुले कुटपिट गरी हत्या गरेका थिए ।

उक्त घटनामा संलग्न साविक मिजुरेडाँडा गाविस-४ घर भइ हाल मादी गाउँपालिका-३ बस्ने वर्ष ३८ का ठकुरी माहिलो भन्ने मनबहादुर शाहीलाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

शाहीलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएका प्रहरी टोलीले निजकै घरबाट सुतिरहेको अवस्थामा पक्राउ गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार उनलाई मंगलबार कास्की जिल्ला अदालतमा पेश गरिएको छ । सम्मानित सर्वोच्च अदालतबाट कर्तव्य ज्यान मुद्धामा शाहीलाई यसअघि नै २० वर्ष कैद सजायको फैसला गरेको थियो ।

अमिरबहादुर रानाभाटको हत्याको फरार प्रतिवादीलाई पक्राउ भए तापनि अन्य भने फरार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment