Comments Add Comment

रामेछापमा सात दिनदेखि ‘नाकाबन्दी’, अझै निकास निस्किएन

उपभोग्य र निर्माण सामग्रीको चरम अभाव

८ जेठ, रामेछाप । सिन्धुली प्रशासनले रामेछापमाथि ७ दिनदेखि लगाएको नाकाबन्दी अझै कायम छ । नाकाबन्दी हटाउन रामेछापका मन्त्री, सांसद, स्थानीय तहका जनप्रतिनिधि तथा उद्योगी व्यवसायहरुले गरेको प्रयत्नले अझै पनि सार्थकतामा पाउन सकेको छैन ।

तराईबाट सिन्धुली हुँदै रामेछाप आउने ढुवानी साधनको रोड पर्मिट नभएको भन्दै गएको जेठ २ गतेदेखि सिन्धुली प्रशासनले रामेछाप छिर्न दिएको छैन ।
यसै विषयलाई लिएर रामेछापबाट निर्वाचित प्रदेशसभाका सांसद एवं प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलसहित रामेछाप र दोलखा जिल्लाका केन्द्र तथा प्रदेशका सांसदहरु, स्थानीय तकका जनप्रतिनिधि उद्योग बाणिज्य संघ रामेछापका अध्यक्ष लगायले मंगलबार केन्द्रीय सरकारका यातायात मन्त्री रघुवीर महासेठसँग भेटी ध्यानाकर्षण गराएका छन् ।

यातायात मन्त्री महासेठले दुई तीनदिन भित्र बैठक बोलाइ समस्या समाधान गर्ने आश्वासन दिएको रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष श्याम थापाले बताए ।

यस्तै आश्वासन यस अघिका यातायत मन्त्री रमेश लेखकले पनि दिएका थिए । तर, समस्या ज्यूकात्यू छ ।

एक हप्तादेखि रामेछापमा यातायात साधन नभित्रिएपछि उपभोग्य र निर्माण सामागि्रको चरम अभाव सिर्जना भएको छ ।

सिन्धुलीबाट रामेछाप प्रवेस गर्ने ढुवानी साधनलाई सिन्धुली प्रहरीले जेठ २ गतेदेखि सिन्धुलीको सदरमुकाम माढी बजारमा नै रोकेको छ ।

विपिमार्गमा जीबिडब्लु १० टन भन्दा बढीका सबारी साधन सञ्चालनको अनुमति नभएको भन्दै सिन्धुली प्रशासनले तराईबाट सिन्धुलीको सदरमुकाम सिन्धुली माढीहुँदै रामेछाप, दोलखा, ओखलढुँगा, सोलु आउने यातायात साधनलाई सिन्धुली सदरमुकाममा रोकेको हो ।

यातायात साधन रोकिएपछि रामेछापमा दैनिक उपभोग्य सामान तथा निर्माण सामग्रीहरुको अभाव सिर्जना भएको छ । तराईबाट आउने उपभोग्य सामान तथा निर्माण सामागि्र जिल्ला भित्रन नपाएपछि जनजीवन अस्तव्यस्त भएको छ ।

जिल्लामा निर्माण सामग्री साथै दैनिक उपभोग्य सामानको समेत हाहाकार भएको रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष श्याम थापाले बताए ।

रामेछापमा स्टक माल राख्ने व्यवसायी नभएकोले यातायात रोकिने बित्तिकै उपभोग्य सामानको अभाव हुने गरेको उनले बताए ।

यातायात व्यवस्था विभागबाट १० टनभन्दा माथिका ढुवानीका साधन तथा १९ सिट माथिको क्षमता भएका यात्रीबाहाक सवारीसाधन चलाउन नदिने परिपत्र आएको भन्दै सिन्धुली प्रशासनले सिन्धुलीको माढी बजारमा नै यातायात साधनलाई रोक लागएको हो ।

एउटै मापदण्डमा बनाएको १ सय ६० किलोमिटर लामो बनेपा बर्दिवास सडकको सिन्धुलीदेखि खुर्काेटसम्मको भागमा यातायात सञ्चालनमा प्रशासनले रोक लगाएको भए पनि बर्दिवासदेखि सिन्धुलीको सदरमुकाम माढी बजारसम्मभने निर्बाध रुपमा सवारी साधनहरु चलि रहेका छन् ।

यसैगरी खुर्काेटबाट काठमाडौँसम्म २० टनभन्दा बढी गिटी र बालुवा बोकेर ठूला टिफरहरु चलिरहेका छन् । तर, सिन्धुलीबाट खुर्काेटसम्म आउने सडकमा मात्र यातायत साधन चल्न रोक लगाएको छ । यो रामेछाप माथिको सिन्धुलीको नाकावन्दि भएको रामेछापका पूर्वसभाषद तारानारायण श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment