Comments Add Comment

मन्त्री महासेठले भने-सिन्डिकेट हटाउन महानिर्देशकको मात्र योगदान छैन


८ जेठ, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईको सरुवा नभएको प्रष्टीकरण दिएका छन् ।

मंगलबार रिपोर्टस क्लबको साक्षात्कारमा बोल्दै मन्त्री महासेठले महानिर्देशक भट्टराईको सरुवा नभएको स्पष्ट पारेका हुन् ।

उनलाई केही दिनका लागि मन्त्रालयमा बोलाईएको पनि उनले दावी गरे । उनले भने “मन्त्रालयमा बोलाएका छौं, उहाँलाई डिस्र्टब गर्ने गरी ल्याएको होइन ।’
सिन्डिकेट हटाउन भट्टराईको मात्र योगदान रहेको भनेर गलत प्रचारबाजी गरिएको भन्दै उनले १८ महिना सम्म विभागमा बस्दा भट्टराईले केही नगरेको र आफू मन्त्री भएपछि मात्रै सिन्डिकेट विरुद्धको काम सुरु भएको दाबी गरे ।

उनले विगतको सरकारले कर्मचारीलाई राजनीतिक आस्थाको आधारमा विभेद गर्ने गरेको भएपनि वर्तमान सरकारले समान व्यवहार गरेको दाबी पनि गरे ।

फरक प्रसंगमा मन्त्री महासेठले सरकारले नीति तथा कार्यक्रमहरुमा उल्लेख गरेका विषय पुरा गरेर छाड्ने ठोकुवा गरे । ब्यापारीहरुको दबाबमा यातायात व्यवस्था विभागका महानिर्देशक भट्टराईको सरुवा गरिएको भन्दै मन्त्री महासेठको आलोचना हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment