Comments Add Comment

गण्डकी विकास बैंकको घोराही र पर्सा शाखाको उद्घाटन


८ जेठ, काठमाडौं । गण्डकी विकास बैकको आज दाङ्गको घोराही शाखा र चितवनको पर्सा शाखाको औपचारिक उद्घाटन भएको छ । घोराही शाखाको उद्घाटन घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले एक समारोहका गरे ।

सो अवसरमा मेयर नरुलाल चौधरीलेे गण्डकी विकास बैंकलाई घोराहीमा स्वागत गर्न पाउँदा आफूलाई ज्यादै खुशी लागेको वताए । उनले आगामी दिनमा वैक र उपमहानगरपालिका सहकार्य गरेर अगाडी वढनु पर्नेमा जोड दिए ।

त्यस्तै गरी पर्सा शाखाको उद्घाटन खैरहनी नगरपालिकाका मेयर लालमणि चौधरीले एक समारोहकाबीच गरे । सो अवसरमा मेयर चौधरीलेे गण्डकी विकास बैकले पर्सा बजारमा आफ्नो शाखा विस्तार गरी यहाँका सर्वसाधारणलाई बैंकिङ्ग सेवा प्रदान गर्न लागेकोमा आफु अत्यन्तै हषिर्त भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment