Comments Add Comment

रोजाको इफ्तारीमा किन खजूर खान्छन् मुस्लिमहरू ?

यस्तो छ वैज्ञानिक कारण

अहिले इस्लामी पात्रोअनुसार रमजानको महिना चलिरहेको छ । यो महिनामा मुस्लिम समुदायका मानिसहरूले एक महिना लामो व्रत ‘रोजा’ राख्छन् । यसमा मुस्लिमहरू बिहान सूर्योदयअगावै सेहरीका क्रममा खानेकुरा खान्छन् र दिनभर पानीसमेत नपिई निराहार बसेर बेलुका इफ्तारपछि रोजा खोल्छन् अर्थात् खाना खान्छन् । परम्परा भनौँ वा चलनअनुसार इफ्तारमा खजूर खाएरै रोजा खोलिन्छ । रोजा खोल्नका लागि खजूर नै खानुपर्ने किन त ? उत्तर अनेक हुनसक्छन् । यसका पछाडि थुप्रै वैज्ञानिक कारण छन् ।

रोजा खोल्न खजूर नै खानुपर्ने किन त भन्ने प्रश्नमा भरपर्दो उत्तर हुनसक्छ- रोजा खोलने क्रममा अधिकांशले सार्‍है बढी खाना खान्छन्, जसबाट थुप्रै समस्या सिर्जना हुनसक्छन् । लामो समयसम्म भोकै बसेर अचानक धेरै खानेकुरा खाँदा शरीरलाई नोक्सान पुग्नसक्छ । त्यसैले रोजा खोल्ने बेलामा त्यस्तो खानेकुरा खानु राम्रो हुन्छ, जसबाट थोरै खाँदा पनि शरीरलाई पर्याप्त शक्ति मिलोस् । यसका लागि खजूर सबैभन्दा राम्रो विकल्प हो ।

-खजूरमा पर्याप्त मात्रामा फाइबर पाइन्छ जुन शरीरका लागि आवश्यक हुन्छ । यसको सेवनले पाचन प्रणाली बलियो हुन्छ । खजूरले पाचनशक्ति मात्र नबढाएर पेटसम्बन्धी थुप्रै समस्या समाधान गर्न समेत सहयोग पुर्‍याउँछ । यसले भोक जगाउन पनि सहयोग गर्छ ।

-खजूर खानाले कोलेस्ट्रोल कम हुन्छ । यसका कारण मुटुरोग लाग्ने सम्भावनामा कमी आउँछ ।

-खजूरमा पर्याप्त मात्रामा आइरन तत्व पाइन्छ तसर्थ यसले रगतको कमी हुन नदिनुका साथै रगतसम्बन्धी अन्य समस्यासमेत हटाउन मद्दत गर्छ ।

-खजूरमा प्रशस्त मात्रामा पोटासियम पाइन्छ भने सोडियमको मात्रा निकै कम हुन्छ । त्यसैले यो स्नायु प्रणाली स्वस्थ राख्न सहयोगी सिद्ध हुन्छ ।

-खजूरमा कार्बोहाइड्रेट ७४.९७ ग्राम, प्रोटिन १.८१ ग्राम, प\mयाट ०.१५ ग्राम, कोलेस्ट्रोल शून्य तथा फाइबर ६.७ ग्राम पाइन्छ । यसैगरी खजूरमा ग्लुकोज, सुक्रोज एवं प|mुक्टोजसमेत पाइन्छ जसले अन्य चीजलाई पचाउन समेत मद्दत गर्छ । त्यसकारण यसले दिनभरिमा घटेको शरीरको शक्तिलाई एकैछिनमा पूर्ति गर्छ ।

-रुघाखोकीले सताएको छ भने मिश्री मिसाएर उमालिएको दूधसँग खजूर खाँदा राहत मिल्छ । खजूरलाई अलिकति मेथी मिसाएर पानीमा उमाल्ने र त्यसलाई सेवन गर्नाले कम्मरको दुखाइबाट छुटकारा पाउन सकिन्छ ।

-खजूरमा मह मिसाएर सेवन गर्नाले कलेजोसम्बन्धी समस्या हुन दिँदैन । यसले पाचन प्रणाली सुधार्नसमेत मद्दत गर्छ ।

-सोडियम कम तर पर्याप्त मात्रामा विभिन्न खनिज पदार्थ हुने भएकाले खजूर हड्डीका लागिसमेत लाभदायक मानिन्छ । खजूरमा पाइने सेलेनियम, म्याग्निज, कपरजस्ता खनिजले हड्डी बलियो बनाउँछन् ।

कतिपयका विचारमा रोजापछि खजूर खानुका पछाडि के तर्क छ भने इस्लाम अरबबाट सुरु भएको धर्म हो । त्यहाँ खजूर सहज रूपमा उपलब्ध हुने पौष्टिक फल हो ।

त्यसकारण यसको प्रचलन व्यापक मात्रामा हुन थाल्यो । यसले शरीरलाई थुप्रै किसिमबाट फाइदा पुर्‍याउने भएकाले रोजापछि इफ्तारीमा खजूर खाने प्रचलन बसालियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment