Comments Add Comment

तत्कालीन एमालेको केन्द्रीय कमिटीबाट को-को भए आउट ?

८ जेठ, काठमाडौं । तत्कालीन एमालेको केन्द्रीय कमिटीमा रहेका दुई नेतालाई नेकपा केन्द्रीय कमिटीबाट हटाइएको छ । अन्य केही नेता भने पदीय जिम्मेवारीका कारण केन्द्रीय कमिटी बाहिर परेका छन् ।

तत्कालीन एमालेका केन्द्रीय सदस्यमध्ये राधाकृष्ण मैनाली र रुपनारायण श्रेष्ठ नेकपामा अटाएनन् । मैनालीमाथि यसअघि नै कारबाहीको निर्णय भएको थियो । उनले आत्मकथामा माधव नेपाल, केपी ओली लगायतका नेतामाथि लान्छानायुक्त कुरा लेखेको आरोप थियो ।

एमालेको स्थायी कमिटी बैठकमै माधव नेपालले कारबाहीको माग गरेका थिए । त्यस्तै रुपनारायण श्रेष्ठमाथि पनि मोरङको स्थानीय चुनावका बेला आर्थिक मामिलामा कमजोरी गरेको अभियोगमा कारबाहीको प्रक्रिया चलिरहेको थियो ।

साबिक केन्द्रीय कमिटीमा रहेकामध्ये गणेश तिमल्सिना राष्ट्रियसभा अध्यक्ष भएका कारण राजीनामा दिएका थिए । त्यस्तै प्रतिनिधिसभा उपसभामुख शिवमाया तुम्बाहम्फे, महान्यायाधिवक्ता अग्नि खरेल र प्रदेश ३ का सभामुख सानु श्रेष्ठले पनि पदीय जिम्मेवारीका कारण राजीनामा दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment