Comments Add Comment

केरुङ-काठमाडौं रेलमार्ग अध्ययनमा चिनियाँ टोलीले यसरी गर्दैछ काम


८ जेठ, काठमाडौं । चीनको केरुङदेखि काठमाडौंसम्म बन्ने रेलमार्गको प्रारम्भिक सम्भाब्यता अध्ययन सुरु भएको छ । यसका लागि चिनियाँ प्राविधिक टोलीले सोमबारबाट काम थालेको छ ।  प्रारम्भिक सम्भाव्यता अध्ययन रिपोर्ट भदौ १५ भित्र ल्याउने लक्ष्य छ ।

सम्भाव्यता अध्ययनका लागि चिनियाँ कम्पनी चाइना रेल्वे फर्स्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्यूटबाट चिनियाँ प्राविधिकको टोलीले फिल्डमै पुगेर काम थालेको हो ।

सोमबार काठमाडौंका विभिन्न स्थानमा पुगेर स्टेशनहरुबारे अध्ययन गरेको टोली मंगलबार रेल्वे विभागको प्राविधिक टोलीसँगै केरुङ गएको छ ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव मधुसदन अधिकारी नेतृत्वको नेपाली प्रनिनिधि मण्डलले गत चैतमा चीन पुगेर सम्भाव्यता अध्ययन अघि बढाउँदै सम्झौता गरेको थियो ।

रेल विभागका एक अधिकारीले सुरुमा आउने प्रतिवेदनले केरुङ-काठमाडौं रेलमार्ग बनाउन कसरी काम सुरु गर्ने भन्ने मार्गनिर्देश गर्ने बताए । यसले भौगोलिक कठिनाइहरु पनि पत्ता लगाउनेछ भने सम्भावित स्टेशनहरु पनि खोज्नेछ ।

रेलललाई काठमाडौंमा कुन क्षेत्रबाट गुडाउने भन्ने विषय पनि यही प्रतिवेदनमा समावेश हुनेछ । सम्भवतः केरुङ-काठमाडौं रेलमार्ग काठमाडौंको टोखा क्षेत्रबाट प्रवेश गर्ने रेल विभागका एक अधिकारीले बताए । तर अन्य क्षेत्रबारे पनि अध्ययन भइरहेकाले अहिले नै कहाँबाट रेलमार्ग बन्छ भन्ने विषय फाइनल नहुने उनको भनाइ छ ।

यो अध्ययनका लागि आवश्यक खर्च चिनियाँ पक्षले नै  व्यहाेरेकाे छ ।  सरकारले आगामी वर्षको नीति तथा कार्यक्रममा केरुङ-काठमाडौं, काठमाडौं-पोखरा र काठमाडौं-लुम्बिनी रेलमार्ग निर्माण अघि बढाउने उल्लेख गरेको छ ।


चीनले सन् २००६ मै ११ सय किमी लामो रेलमार्ग तिब्बतको राजधानी ल्हासासम्म ल्याएको थियो । हाल ल्हासा-सिगात्से रेलमार्ग निर्माणाधीन छ । र, त्यसलाई नेपाल सीमाको केरुङसम्म विस्तारको काम पनि भइरहेको छ ।

यो रेल मार्गलाई काठमाडौंसम्म जोड्ने योजनाका साथ चिनियाँ टोली सम्भाव्यता अध्ययन गर्न नेपाल आएको हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment